माहुरीले टोकेर एक जनाको मृत्यु

पाँजलो न्युज
२६ साउन २०८० ५:०२
माहुरीले टोकेर एक जनाको मृत्यु

अछाम: माहुरीले टोकेर अछाममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको बिहीवार मृत्यु भएको हो। कुँवर बाख्रा चराउन जंगल गएका बेला मौरीले टोकेको थियो। माहुरीले टोकेर गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *