डोटी ।डोटीको बडीकेदार गाउँपालिकामा प्रहरीले १ सय ५५ लिटर अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ ।
अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा वडा नम्बर ४ बागछेडा बजार स्थित आसपासका क्षेत्रहरुमा अवैध रुपमा बिक्री बितरण गर्न राखिएको मदिरा बनाउन प्रयोग गरिने भाँडाकुँडा र कच्चा पदार्थ सहित अबैध घरेलु मदिरा बरामत गरिएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भाष्कर दत्त पन्तले बताउनु भयो ।
जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले विगतका दिनहरुमा पनि ठुलो परिमाणमा अबैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्दै आएको छ । यस कार्यलाई जिल्ला ब्यापी रुपमा निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले बरामत गरेको मदिरा गाउँपालिकाका जनप्रतिनिधि, ब्यापारी, स्थानीय, पत्रकारको रोहबरमा आईतबार नष्ट गरिएको प्रहरी चौकी खड्यौलीले जनाएको छ ।








प्रतिक्रिया