कञ्चनपुर- कृष्णपुरनगरपालिका वाणिमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय कुवेर दमाईको शव खाडलभित्र गाडिएको अवस्थामा भेटिएको हो । गएराती प्रहरीले बन्डनदीको किनार खाडलमा गाडिएको अवस्थामा दमाईको शव निकालेर स्वास्थ्य परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले खाडलभित्र भेटिएको शव शंकास्पद रहेको बताए । ‘खाडलभित्र भेटिएको शवको प्रकृति हेर्दा कुहिएको अवस्थामा हामीले भेटाएका छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘शस्कापदनै छ, थप अनुसन्धान अघि बढाएका छौँ ।’
बस्तीनजिकै रहेको खोलामा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले दमाई एकसातादेखि घर परिवारको सम्र्पकमा नरहेको बताए । ‘उनी भारतमा रोजगारी गर्दै आएका छन, ‘वडाध्यक्ष साउदले भने, ‘घर आउजाउ गर्दै आएका छन, घटना रहस्यमय भएकाले प्रहरीले यसमा गम्भीर भएर अनुसन्धान गर्दै दोषिउपर कारबाही गर्नुपर्छ ।’







प्रतिक्रिया