बेसहाराको सहारा बन्छु नगर उप प्रमुख सुनिता

सरिता कठायत
२५ जेठ २०८० १४:४१
बेसहाराको सहारा बन्छु नगर उप प्रमुख सुनिता

सरिता कठायत

डोटी/ डोटी जिल्ला शिखर नगरपालिकामामा बेसहाराहरूको सहारा बन्ने एचआईभी प्रभावितहरूलाई पोषिलो सामाग्री वितरण र एक दिने अनुशिक्षण कार्यक्रममा नगर उप प्रमुख सुनिता रावल जोराले बताइन्  । उनले नगरभित्र रहेका पहुँचमा पुग्न नसकेका महिला तथा बालबालिकाहरूलाई विषेश प्राथमिकतामा राखेर आफूले काम गर्दै जाने कार्यक्रमका विच रावलले प्रतिबद्धता गरेका छन् । आफू निर्वाचित भए लगत्तै ७ सय ५३ स्थानीय तहमध्ये एकल महिलासँग उपमेयर मेरो साथी भन्ने कार्यक्रम समेत नगरमा सञ्चालन गरेर देशैभरमा उदाहरणीय कार्य जोराले गरिसकेका छन् । नगरपालिका सधैं पहुँचमा नभएकाहरूलाई पहुँचमा ल्याउनका लागि अगाडि बढिरहेको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए  । उनले एचआईभी प्रभावितहरूका लागि संघ सरकार बाट २ लाख बजेट नगरपालिकामा आएको बलायरले कार्यक्रममा जानकारी गराएका छन् । एचआईभी प्रभावित हिजोका दिनमा लुकेर बस्ने गरेका थिए भने अहिले यसरी खुलेर आउँदा खुसी लागेको र नगरपालिकाले गर्नुपर्ने सहयोगका लागि पछि नहट्ने बलायरले बताएका छन् । शिखर नगरपालिकाको आयोजनामा बिहीबार नगरको सभाहलमा एचआईभी प्रभावितहरूलाई पोषिलो खाद्यान्न सामाग्री वितरण र १ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । सो कार्यक्रमका प्रशिक्षक शिखर नगरपालिका मुडेगाउँका स्वास्थ्य इन्चार्ज प्रेम बहादुर कठायतले गरेका थिए । उनले एचआईभी प्रभावितहरूले ढुक्कसँग औंषधी नियमित प्रयोग गरेपछि डराउनु नपर्ने कार्यक्रममा सहभागीहरूलाई जानकारी कठायतले गराए । आफूलाई एचआईभी भएको पुष्टि भएपछि २०६३ सालबाट समुहमा आबद्ध भएर एचआईभी प्रभावित महिला दिदीबहिनीहरूको अभिभावकका रूपमा चिनाउन चाहान्छु शिखर नगरपालिका ६ का लालिगुराँस एकता समुहका अध्यक्ष कमला मल्लले बताएका छन् । उनले म एउटा स्थानीय तहमा मात्रै होइन जिल्लाकै एचआईभी प्रभावितहरूको हक अधिकारका लागि अग्रसर भएर लागेको समेत उनले कार्यक्रम मार्फत जानकारी गराइन्  । उनको संस्थाले अविवाहित उमेर पुगेका एचआईभी प्रभावित प्रभावितहरूको विवाह गराउने नियम संस्थाले लागू गर्दै गरेको समेत जानकारी गराइन्  । किनकि एचआईभी प्रभावित नभएको मान्छे सँग विवाह गर्दा धेरै हिंसा भोग्नुपरेको भएर यो नियम लागू गर्नुपर्ने उनले भनिन् ।  स्थानीय तहबाट जिल्लासम्म एचआईभी प्रभावितहरूले औषधी ल्याउन जाँदा गाडीभाडा बढी खर्च हुनेभएकाले नगरपालिकाको स्वास्थशाखामा एचआईभी प्रभावितहरूका लागि औषधी उपलब्ध गराउने व्यवस्था नगरले गरेको भए धेरै सहज हुने समेत उनले भनिन् । कार्यक्रममा सहभागीहरूलाई पोषिलो खाद्यान्नकुराहरू र धेरै मासमा आफूहरूलाई नगरपालिकाले  समावेश गराएकोमा  सहभागीहरू खुसी भएका थिए । शिखर नगरपालिकाका एकजना एचआईभी प्रभावितले नगरले दिएको सेवा त छदैछ कार्यक्रममा सहभागी गराउनु नै आफ्ना लागि खुसिको कुरा भएको भनिन् । नगरपालिका भित्र एचआईभी प्रभावित संख्या जसमा महिला ६४ जना, पुरूष २५ जना र बालबालिका ४ जना गरि जम्मा ९३ जनाको संख्यामा रहेको छ । नगरपालिकाले प्रभावित ७० जना प्रभावित पर  ब्याक्तिहरूलाई चामल १ कट्ठा,दाल ५ केजी,नुन १ पोका,अण्डा १ क्रेट,घ्यू आधा केजी,ब्रस २ ओटा,कोलगेट १ ओटा,नेलकट १ ओटा र यातायात भाडा रू ५ सय समेत उपलब्ध गराएको थियो । कार्यक्रम नगर प्रमुख,उप प्रमुख महिला तथा बालबालिका शाखा,शिक्षा शाखा संस्था प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *