डोटीमा पनि बढ्दो रुपमा देखापर्न थाल्यो लम्पी स्किन नामक रोग

पाँजलो न्युज
२९ वैशाख २०८० १६:१५
डोटीमा पनि बढ्दो रुपमा देखापर्न थाल्यो लम्पी स्किन नामक रोग

डोटी । सुदुरपश्चिम प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । जसमध्ये डोटी जिल्लामा पनि संक्रमण फैलिन थालेको छ । जिल्लामा यसको प्रकोप फैलिएननथालेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् ।
यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुचाउने र दूध कम दिने लक्ष्यण देखा पर्ने गर्दछ । छालामा पाँच गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्ष्यण हो ।
नाक र मुखबाट तरल पदार्थ बग्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरू अन्त्यमा मार्ने गरेको पाईएको छ ।
क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको भए पनि नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ । सुदुपश्चमका पहाडी जिल्लाका सबै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको छ तर यसको न्युनीकरणमा सरकारले कुनै पनि ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *