बाजुरामा एक शिशुको नेपाली सेनाको हेलिकप्टमार्फत उद्धार

पाँजलो न्युज
१० वैशाख २०८० ६:५३
बाजुरामा एक शिशुको नेपाली सेनाको हेलिकप्टमार्फत उद्धार

बाजुरा- बाजुराबाट एक बिरामी शिशुको नेपाली सेनाको हेलिकप्टमार्फत उद्धार गरिएको छ। बाजुरा सदरमुकाम मार्तडीबाट ४ दिनदेखी बिरामी रहेकी ८ महिने शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

मुगु जिल्लाबाट जिल्ला अस्पताल बाजुरामा ल्याएर पनि उपचार सम्भब नभएपछी नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाएको हो। दैलेख जिल्ला माहाबु गाँउपालिका ४ काप्रिखोलाका बखत बहादुर शाहीकी ८ महिने छोरी टेनिशा शाहीको जिल्ला प्रशासन कार्यालय बाजुरा र दुर्गाभन्जन गुल्मको समन्वयमा उद्धार गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती दिवाकर खड्काले बताएका छन। ८ महिनाकी टेनिसा शाहीलाई निमोनिया पखाला लगायत बिबिध समस्या देखा परेको थियो।

शिशुकीआमा बिन्देश्वरी चन्द मुगु जिल्लामा कर्मचारी रहेकी र उनले मुगु हुदै बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याउदा उपचार सम्भव नभएपछी २ दिन हवाइ जहाजको पर्खाइमा रहेको बिन्देश्वरी चन्दले बताइन । दुई दिनसम्म पनि हवाईजहाजले लिन नमानेपछी उनले शुक्रबार राती जिल्ला अस्पताल बाजुरामा ल्याएकी थिइन। शिशुको अबस्था गम्भीर रहेको अवस्थामा रहेकोले तत्काल उद्धारका लागि पहल गरेको दुर्गाभन्जन गुल्मका गुल्मपती खड्काले बताए । समयमै उद्धार नभए शिशुको ज्यान जानसक्ने अबस्था भएको खवर नेपाली सेनाले पाएपछी उद्धारका हेलीकप्टरमार्फत समन्वय गरी सुर्खेत पठाएको गुल्मपती खड्काले बताए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *