डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडिमा बास तथा निगालो बाट विभिन्न सामाग्री निमार्ण गरिन लागिएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामिण समुदाय बिकास केन्द्र डोटी द्वारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजनाले घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा बिपन्न मानिसहरुको जिबिकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामाग्री निमार्ण गर्ने सीप विकास तालिम चैत्र महिनाको २७ गते देखि सुरु गरेको ग्रामीण समुदाय बिकास केन्द्र डोटीका सब ईन्जीनियर करन बहादुर बिष्टले बताउनु भयो ।
विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस भन्ने हेतुले संचालन गरिएको तालिमका सहभागिहरुले बास र निगालो बाट अहिले मुडा, कलम राख्ने, सामाग्री राख्न मील्ने डाला लगाएतका सामाग्रीहरु निमार्ण गरिरहेका र अन्य सामाग्री विभिन्न सामाग्री निमार्ण कार्य सिकीरहेका समेत सब ईन्जीनियर करन बहादुर बिष्टले बताउनु भयो ।
स्थानीय स्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निमार्ण गर्न सके दैनिक जिवन निबार्हका साथै आयआर्जमा सहजता हुने तालिमका सहभागिहरुले बताएका छन् ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडिमा संचालन भएको सिपमुलक तालिमबाट सिपमुलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनु भयो । गाउँपालिकाभित्र जोकोही ब्यक्ति सिप सिकेर स्थानीय स्तरमा ब्यवसायीक गर्छु सुरुवात गर्छ भने त्यस्ता ब्यक्तिहरुलाई पालिकाले पनि सहयोग गर्ने समेत अध्यक्ष गड्सिलाले बताउनु भयो ।
४५ दिन सम्म संचालन हुने सिपमुलुक तालिममा बोगटान फुड्सिल गाउँपालिका वडा न १ र ४ का ११ जना सहभागि रहेको आयोजकले जनाएको छ । तालिममा एक जना दक्ष प्राबीधीकले सहजिकरण गरिरहेको छ ।







प्रतिक्रिया