डोटी ।प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी जनप्रतिनिधीहरुलाई अभिमुखिकरण कार्यक्रम दिपायलमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय डोटीको समन्वयमा सामुदायीक बिकास मञ्च डोटी र आईपास नेपालको संयुक्त साझेदारीमा संचालित सुरक्षित गर्भपतन सुढृढीकरण परियोजना अन्तरगत अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
जनप्रतिनिधीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा जानकारी दिनुका साथै यस सवाललाई मुख्य प्राथमीकता दिन सहजताहोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको सामुदायिक विकास मञ्च डोटीकी (सिडिएफ) सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना कार्यक्रम अधिकृत मधु पोख्रेलले बताईन् ।
मंगलबार र बुधबार दिपायलमा संचालन भएको अभिमुखिकरण कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतनको बर्तमान अवस्था र आगामी दिनमा गर्न सकिने विभिन्न क्रियाकलापहरुको बारेमा बृहत रुपमा छलफल गरिएको आयोजकले जनाएको छ ।
छलफल पश्चात जनप्रतिनधिहरुले यौन तथा प्रजनन् स्वास्थ्यको विषयलाई विशेष प्राथमिकता दिई आवश्यक बजेट ब्यवस्थापन गर्ने, स्वास्थ्य क्षेत्रका लागि आवश्यक नितिहरु पालिकाले निमार्ण गर्ने, किशोर किशोरीका सवालहरुलाई विशेष प्राथमीकता दिई आवश्यक कार्यक्रमको ब्यवस्थापन गर्ने लगाएतका धारणाहरु राखेका थिए ।
अभिमुखिकरण कार्यक्रममा डोटीको केआई सिंह र सायल गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, स्वास्थ्य संयोजक, कार्यपालिका सदस्यहरु गरि ५० जनाको सहभागिता रहको आयोजकले जनाएको छ ।
सामुदायिक विकास मञ्च डोटीले आइपास नेपालसँगको साझेदारीमा डोटीको सायल र केआईसिंह गाउँपालिका तथा डडेल्धुराको नवदुर्गा र भागेश्वर गाउँपालिकामा सन् २०१८ देखि सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना संचालन गर्दै आईरहेको सामुदायिक विकास मञ्च डोटीका फोकल पर्शन सिद्धराज जोशीले बताएका छन्
।







प्रतिक्रिया