शरिता कठायत
चैत्र २६ डोटी ÷
कठायत समाज नेपालको अध्यक्षमा भलाकाजि कठायत निर्विरोध चयन भएका छन् ।
कठायत समाज नेपालको शनिबार कोहलपुर बाँकेमा सम्पन्न भएको पाँचौ राष्ट्रिय सम्मेलन तथा दोस्रो साधारणसभा कार्यक्रमबाट अध्यक्षमा भलाकाजि कठायत चयन हुनुका साथै २७ सदस्यीय कार्यसमिति चयन भएको थियो ।
अन्य उपाध्यक्षमा गोकुल कठायत,कौशिला कठायत,श्री कुमार कठायत,भुमि कठायत,बिमल कठायत,रामचन्द्र कठायत,महासचिवमा बल बहादुर कठायत,सचिबमा पँख बहादुर कठायत,दुर्गा कठायत,योगेन्द्र कठायत,कोषाध्यक्षमा प्रेमराज कठायत चयन भएका छन् भने अन्य सदस्यहरुमा भरत कठायत, मिना वि सि कठायत, कमानसिङ कठायत, जिवन कठायत ,विरेन्द्र बहादुर कठायत महेन्द्र कठायत –हेमराज कठायत दिनेश कठायत नविन कठायत राजेन्द्र कठायत, गणेश कठायत, सरिता कठायत भुवन कठायत कृष्ण बहादुर कठायत, विशाल कठायत गरि २७ जनाको कार्यसमिति चयन भएको हो
।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य विनिता कठायतले देशभरि रहेका कठायतहरू एउटै हुन भन्ने हेतुले स्थापना गरेको यो अभियान महत्वपूर्ण रहेको बताईन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी कठायतले अभियानमा आफू कठायतको छोरी भएकाले सधैं साथमा रहने समेत बताईन्
।
नेपालका ७ वटै प्रदेशमा छरिएर रहेका कठायतहरु एकै हुन भन्ने हेतुले कठायत समाज नेपालको स्थापना गरिएको निवर्तमान अध्यक्ष शंकर कठायतले बताएका छन्
। उनले यो समाजको स्थापना गर्न आफ्नो ठुलो योगदान रहेको बताए । उनको कार्यकालमा बिश्व भर फैलिएको कोरोना भाइरसले गर्दा र आफ्नो स्वास्थ्य अवस्थामा समस्या भएकोले कार्यसमिति गठनपछि कार्यक्रम हुन नसकेको उनको भनाइ रहेको थियो ।
कठायत जातमा पनि कठेत तथा कठायत थर लेख्ने गरेको छ । पुर्वतिरका कठायतहरूले कठेत लेख्नेगरेका छन् भने पश्चिमतिर कठायत लेख्छन् आखिर् लेखाइ जस्तो भए पनि सबै कठायतहरूको गोत्र एउटै रहेको नेपाल सरकारका पुर्व डिआईजि तथा कठायत समाजका प्रबन्धक संरक्षण महेश कठायतले जानकारी गराए । उनले कठायतहरूको संस्कार अहिलेका पुस्ताहरूले भुल्दै गैरहेका छन् हाम्रो संस्कार जोगाउन सबैले आफ्नो घरपरिवारमा लागुगर्ने समेत सबैलाई आग्रह गरेका छन्
। आयोजकले देशभरि स्थानीय तह, प्रदेश र संघमा निर्वाचित सबै कठायतहरूलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।






प्रतिक्रिया