मेयर ससुराको नाम बाट इन्जिनियर ज्वाइँ परिक्षार्थी

पाँजलो न्युज
१९ चैत २०७९ ११:०९
मेयर ससुराको नाम बाट इन्जिनियर ज्वाइँ परिक्षार्थी
 रौतहटमा एसईई परिक्ष दिँदै गरेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडाको पोठियाहीका कमल साह पक्राउ परेका हुन्।

नक्कली परीक्षार्थी बनेका साह मेयर कानुको ज्वाईं रहेको र उनि ईन्जिनियर समेत रहेको खुलेको छ।उनलाई मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ माविमा केन्द्रबाट पक्राउ गरिएको हो।

अनुगमनका क्रममा नक्कली परीक्षार्थी बनेर उनले मेयर कानुको सट्टामा परीक्षा दिएको खुलेपछि पक्राउ गरिएको हो। यस विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *