डोटी ।भोली देखि संचालन हुन गईरहेको माध्यामिक शिक्षा परीक्षा (एसईई)को सुदूरपश्चिम प्रदेशमा तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ ।
दुई सय आठ वटा परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा आवश्यक उत्तरपुस्तिका पुग्नुका साथै सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दीपायलका निर्देशक दुर्गादत्त विष्टले बताउनु भयो । उनले भने माध्यामिक शिक्षा परीक्षाको लागि आवश्यक पर्ने परिक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सुरक्षा ब्यवस्था, उत्तरपुस्तीका लगाएतका सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो ।
परिक्षामा नियमित, एक्ज्याम्टेड र ग्रेडबृद्धी गरी ५५ हजार तीन सय ७६जना विद्यार्थीहरु परिक्षामा सहभागिता रहने निर्देशनालयले जनाइएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार नियमित तर्फ ५० हजार पाँच सय ७४ जना, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ २ हजार नौ सय ४४ जना विद्यार्थीहरु रहेका छन् ।
प्रदेशका नौ वटा जिल्ला मध्य सबैभन्दा बढीे कैलाली जिल्लाबाट सहभागि हुने भएका छन् । कैलालीबाट १७ हजार सात सय ४२ जना विद्यार्थीहरु रहेका छन् भने सबैभन्दा कम डडेल्धुराबाट दुई हजार ६ सय ८९ जना विद्यार्थीहरु रहेका छन् । त्यस्तै अन्य जिल्लाहरुमा डोटीबाट तिन हजार सात सय ७२ , बाजुराबाट तिन हजार एक सय ६३, बझाङबाट चार हजार चार सय,अछामबाट पाँच हजार ७३ , दार्चुलाबाट दुई हजार नौ सय ७१, बैतडीबाट पाचँ हजार तीन सय ५१, र कञ्चनपुरबाट १० हजार दुई सय १५ जना परिक्षार्थीहरुको सहभागिता रहने निर्देशनालयले जनाएको छ ।
त्यस्तै सबै भन्दा बढी परिक्षा केन्द्र कैलालीमा ५३ वटा, डडेल्धुरामा १२, डोटीमा १२, बाजुरामा १५, बझाङमा १८, अछाममा २४, दार्चुलामा १६, बैतडीमा २५, कञ्चनपुरमा ३३ परिक्षा केन्द्रहरु रहेको समेत निर्देशनालयले जनाएको छ । परिक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने भएको छ ।

प्रतिक्रिया