घण्टेश्वर सेति महाकाली क्याम्पसमा अनेरास्वबियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी

गणेश मौनी
८ चैत २०७९ १२:४४
घण्टेश्वर सेति महाकाली क्याम्पसमा अनेरास्वबियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी

डोटी ।जोरायल गाउँपालिका वडा नम्बर ४ मा रहेको घण्टेश्वर सेति महाकाली बहुमुखी क्याम्पसमा अनेरास्वबीयु र अखिल क्रान्तीकारीको संयुक्त प्यानल बिजयी भएको छ ।
त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त सुदुरपश्चिम बिश्वबीद्यालय अन्तरगत रहेका क्याम्पसहरुमा बुधबार हुने निर्बाचन कार्यतालिमका अनुसार घण्टेश्वर सेति महाकाली बहुमुखी क्याम्पसमा भएको निर्बाचनमा संयुक्त प्यानल बिजयी भएको निर्बाचन समितिले जनाएको छ ।
निर्बाचन समितिले जारी गरेको निर्बाचन कार्यतालिमका अनुसार नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थि संघ, नेकपा ऐमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी गरि तिन वटाले संगठन दर्ता गरेका थिए ।
अन्तिममा चुनाबी प्रक्रिया अनुसार नेबीसंघ एकल रुपमा लडेको थियो भने अनेरास्वबीयु र अखिल क्रान्तीकारी संयुक्त गठबन्धन गरेर चुनाबी प्रक्रियामा भाग लिएका थिए ।
बुधबार भएको निर्बाचन अनुसार संयुक्त प्यानलका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार सरस्वती कुमारी कामीले ४४ मत प्राप्त गरी बिजयी भएकी छन् । भने उहाँका प्रतिद्धन्दी नेबीसंघका अध्यक्षका उम्मेदवार सुशिल भट्टले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा संयुक्त प्यानलका उम्मेदवार अनेरास्वबीयुकी बसन्ती थापाले ५० मत प्राप्त गरेकी छन भने उहाँका प्रतिद्धन्दी नेबीसंघकी नानु मल्लले २६ मत प्राप्त गरेकी छन् । त्यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलका उम्मेदवार अनेरास्वबीयुका बम बहादुर खत्रीले ४९ मत प्राप्त गरेका छन भने उहाँका प्रतिद्धन्दी नेबीसंघकी कोकीला बोहराले २७ मत प्राप्त गरेकी छन् । त्यस्तै सदस्यमा संयुक्त प्यानलका उम्मेदवार अनेरास्वबीयुका कमला सार्किले ५० मत, बिष्ना कुमारी बोहराले ५५ मत, लक्ष्मी कुमारी साउँदले ५३ मत, रक्षा अवस्थीले ५४ मत प्राप्त गरी बिजय भएका छन् । भने उनीहरुका प्रतिद्धन्दी नेबीसंघका कमला खत्रीले २८ मत, भागरती खड्काले २४ मत, रिता रावलले २५ मत, दुर्गा बोहराले २३ मत प्राप्त गरेको निर्बाचन समितीले जनाएको छ ।
सचिब पदका उम्मेदवारका २ र कोषाध्यक्षका पदका उम्मेदवारका २ गरी ४ वटा मत बदर भएका समेत निर्बाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *