सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बर्षा

सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बर्षा

दिपायल। सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा सोमवार रातिदेखि वर्षा भइरहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले दिपायलसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भाग र तराई भू–भागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख गरेको छ।
महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ। राति पहाडी भू–भाग तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बुधवार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बिहिवार देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *