अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना

अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना

अछाम। अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना भएको छ। अछामको मेल्लेख गाउँपालिका–३ बुढाखोलामा भएको ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको घटना स्थलमै मृत्यु भएको छ। भने ४ जना घाइते भएका प्रहरीले जनाएको छ । साँफेबाट गएको से २ त ४३३१ नम्बरको ट्र्याक्टर दुर्घटनामा १६ वर्षीया मनिषा बुढाको मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परि चार जना किशोरी भएको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए।घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा, कक्षा ६ मा पढ्ने १२ वर्षीया पुष्पा बिक रहेका छन्। घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको बताइएको छ। उनीहरू पिपलसैन माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन्। शाहुसँग सम्पर्क भएको तर गाडी चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ।दुर्घटनाको कारण भने खुलेको छैन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *