डोटी / डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिकाका ८ जना पाठेघर खसेका महिलाहरूको जिल्ला अस्पताल डोटीमा निशुल्क उपचार भएको छ । पछिल्लो समयमा महिलाहरूमा सबैभन्दा बढी पाठेघर खस्ने समस्याहरू सहर भन्दा गाउँघरका महिलाहरूमा बढ्दै गएको पाइन्छ । महिलाहरूको पाठेघर खस्ने समस्या सबैभन्दा बढी जोखिम भएका कारण पालिकाले जिल्ला अस्पताल सँग समन्वय गरेर निशुल्क रूपमा उपचार भएको हो । गाउँपालिकाले वडा स्तरीय पाठेघर खसेका महिलाहरूको पहिचान गर्न शिविर सञ्चालन गरेको र शिविरमा अति जोखिममा रहेका महिलाहरूलाई निशुल्क जिल्लामा उपचारका लागि ल्याएको बोगटान फुडसिल गाउँपालिकाका उपाध्यक्ष बिष्ना बमले बताए । पालिकाका ७ वटै वडामा शिविर सञ्चालन गरिएको र पाठेघर खसेका महिला तथा अप्रेसन गर्न इच्छुक महिलाहरूलाई जिल्लामा ल्याएको बमले बताएका छन् । उनले महिला सँग उपाध्यक्ष कार्यक्रम मार्फत पाठेघरका समस्या भएका महिलाहरूलाई गाडीभाडा,खानबस्न अप्रेसन गरिएका महिलाहरूलाई फलफूल सो कार्यक्रम बाट गरेको बमको भनाइ छ
। पालिका बाट जम्मा १७ जना महिलाहरू जिल्लामा उपचारका लागि आएका र ८ जनाको जिल्लामै निशुल्क उपचार भएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन श्रेष्ठले बताए । उनका उनुसार १ जनाको उपचार जिल्लामा सम्भावना नभएपछि डडेलधुरा पठाएको श्रेष्ठले जानकारी गराएका छन् । त्यसैगरी ७ जना महिलाहरूलाई अप्रेसन गर्न अहिल्यै सम्भावना नभएका कारण औंषधी दिएर घर पठाएको उहाँको भनाइ रहेको छ । पाठेघर सम्बन्धि जिल्लामा निशुल्क उपचार अब निरन्तर चलाउने समेत जिल्ला अस्पतालले जानकारी गराएको छ ।






प्रतिक्रिया