नेपाली सेना दिवस मनाइदै

भैरबप्रसाद गणले लोकनृत्य प्रतियोगीता गर्ने

पाँजलो न्युज
२५ माघ २०७९ ११:३९
भैरबप्रसाद गणले लोकनृत्य प्रतियोगीता गर्ने

डोटी –  खेलकुदका विभिन्न विद्याहरुमा स्थानीय देखि प्रदेशस्तरसम्मका प्रतियोगीता आयोजना गरिरहेको नेपाली सेनाको भैरब प्रसाद गणले शुक्रबार अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगीता आयोजना गर्ने भएको छ ।
गणपति जनमत कार्कीले बुधबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा डोटेली लोकसंस्कृतीको संरक्षण गर्ने उदेश्यले प्रतियोगीताको आयोजना भइरहेको बताए । ‘हाम्रो लोकसंस्कृती युवापुस्तामा पनि हस्तान्तरण होस भन्ने उदेश्यले अन्तर विद्यालयस्तरीय प्रतियोगिता गर्दैछौं’, कार्कीले भने, ‘विद्यालयको उत्साहपूणर् सहभागिता रहने विश्वास छ ।’ गणपति कार्कीले प्रथम हुनेलाइ १५ हजार, दोस्रो हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरुस्कारको व्यवस्था रहेको जानकारी दिएका छन् ।

शुक्रबार दिउँसो ११ बजेबाट प्रतियोगीता सिलगढी स्थित टुँडीखेलमा हुने जनाइएको छ ।

यस अघि भैरब प्रसाद गणले खप्तड शैलेश्वरी म्याराथन दौड प्रतियोगीता, खप्तड फुटबल प्रतिगिता लगायत विभिन्न विद्यामा खेलकुदको आयोजना गरिसकेको छ । स्थानीय सांस्कृति तथा परम्पराहरुमा समेत सहभागिता जनाउदै आएको भैरब प्रसाद गणले नेपाली सेना दिवस माघ २७ गतेबाट साताव्यापी मनाउने भएको छ । सेना दिवसकै अवसरमा भैरब प्रसाद गणले सो प्रतियोगीता आयोजना गरिरहेको छ ।
फागुन ६ गते नेपाली सेना दिवसको अवसर पारेर लोकसंस्कृति,भैरब प्रसाद गणसंग रहेको ऐतिहासिक भेषभूषा तथा युद्धकला, विभिन्न ज्ञानमुलक सन्देशहरुको समेत प्रर्दशन गर्ने तयारी रहेको छ । गणपति कार्कीले नेपाली सेनाको मुख्यालयमा आयोजना गरिने सेना दिवसको औपचारिक कार्यक्रम दिपायल र सिलगढीमा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण समेत गर्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *