कैलालीको हसुलिया–मसुरिया सडक निर्माण दुई वर्षदेखि अलपत्र
पाँजलो न्युज
१८ माघ २०७९ ७:०२
डोटी- कैलालीको कैलारी गाउँपालिकाको सहुलियादेखि गौरीगंगा नगरपालिकाको बढैपुसम्मको सडकको दुरी झण्डै १९ किलोमिटर छ।
हुलाकी राजमार्ग र पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग जोड्ने सो सडकको हसुलिया खण्डमा कालोपत्र गर्न २०७७ असार ७ गते ठेक्का सम्झौता भएको थियो। सडक डिभिजन कार्यालय, महेन्द्रनगरले पाँच खण्डमा सडक कालोपत्रका लागि सम्झौता गरेको थियो।
नौ सय मिटर सडक कालोपत्रका लगि ११ लाख ३६ हजारमा मल्ल निर्माण सेवाले ठेक्का पाएको छ। तर पुरानो काम गरेको रकम नपाएको भन्दै बाँकी निर्माण कार्य अघि बढेको छैन्। चालु आर्थिक वर्षमा सो योजनाका लागि बजेट विनियोजन समेत भएको छैन। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का सम्झौता गरेको सडक निर्माणको काम अलपत्र परेका बेला प्रदेशको पूर्वाधार विकास कार्यालयले बाँकी खण्डमा सडक कालोपत्रका लागि अध्ययनको प्रक्रियामा छ।
प्रतिक्रिया