शिखरमा एकल महिलालाई खाद्यान्न

पाँजलो न्युज
२५ पुष २०७९ १४:५९
शिखरमा एकल महिलालाई खाद्यान्न

डोटी । शिखर नगरपालिकाले एकल महिलालाई महिना दिन खानपुग्ने गरी खाद्यान्न हस्तान्तरण गरेको छ । शिखर नगरपालिकाको आयोजनामा सोमबार नगर उप प्रमुख सुनिता रावलले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । नगरभरीका ९० महिलालाई चामल, दाल, चिनी लगायतका खाद्यान्न उपलब्ध गराएको रावलले बताइन् ।


कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले खाद्यान्न वितरण गरेको रावलले बताइन् । नगरमा आएका एकल महिला खाद्यान्न पाएपछि भने खुसी भएका थिए । राहत सामाग्री सानो भएपनि एकल महिलालाई सम्झेकोमा शिखर नगरपालिका धन्यबादको पात्र रहेको सरस्वती बलायरले बताइन् । आयस्रोत नभएकाले अरुको जमिन खनजोत, गोलमेल गरेर पेट पाल्दै आएको दुखेसो गर्दै बलायरले खाद्यान्न सहयोगले राहत पुगेको प्रतिकृया दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *