बालबालिका भनेका सम्पत्ति हुन बालबालिकाहरूको संरक्षण गर्नुपर्छ नगर प्रमुख खड्का

पाँजलो न्युज
१३ माघ २०७९ १३:५३
बालबालिका भनेका सम्पत्ति हुन बालबालिकाहरूको संरक्षण गर्नुपर्छ नगर प्रमुख खड्का

सरिता कठायत                                                                                                                                                                                                            डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका २ मा रहेको सरस्वती आधारभूत बिद्यालयको वार्षिकोत्सब समारोहमा बालबालिका भनेका सम्पत्ति हुन बालबालिकाहरूको संरक्षण गर्न जरुरी रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि खड्काले बताउनुभयो  । उहाँले सरस्वती आवी घाडीको २८औं वार्षिकोत्सबको अवसरमा बिद्यालय र अभिभावकहरूले बालबालिकाहरूको भविष्यका लागि चिन्ताजनक भएर लाग्नुपर्ने समेत सुझाव दिनुभएको छ । छोराछोरीहरूको सुन्दर भविष्यको कल्पना गर्न महत्त्वपूर्ण रहेको नगर प्रमुखको भनाइ रहेको छ। बिद्यालयको गुणस्तर बढाउनका लागि नगर सधैं साथमा रहने समेत जानकारी गराउनु भयो । शुक्रबार भएको वार्षिकोत्सब समारोहमा ,बिद्यालयलाई सहयोग गर्ने वडा कार्यालय,स्वास्थ्य शाखा, संघसंस्था ,समुदायका सामाजसेवी,क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल शाखा,इलाका प्रहरी शाखाहरूलाई सम्मान तथा कदर पत्र द्वारा बिद्यालयले सम्मान गरिएको थियोे  । त्यसैगरी सोही बिद्यालयमा अध्यनरत उत्कृष्ट बिद्यार्थी,जेहेन्दार बिद्यार्थी र अपांगता (फरक क्षमता )भएका बिद्यार्थीहरूलाई नगद पुरस्कार समेत बिद्यालयले दिएको सरस्वती आधारभूत बिद्यालय घाडीका प्रध्यानाध्यापक भुवनेश्वरी जोशीले बताउनुभयो । बिद्यालयको शैक्षिक गुणस्तरलाई अगाडि बढाउनका लागि सबै निकायको ध्यानाकर्षण बिद्यालयमा हुनुपर्ने प्रअ जोशीको भनाइ रहेको छ । समारोहमा बिद्यार्थीहरूले विभिन्न किसमका सांस्कृतिक कार्यक्रम पनि राखेको थिय। वार्षिकोत्सब  समारोहमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख,उप_प्रमुख,प्रशासन प्रमुख,वडा अध्यक्ष,स्वास्थ्यशाखा प्रमुख,शिक्षा शाखा प्रमुख, क्षेत्रीय प्रहरी तालिम केन्द्रका दिपायलका प्रमुख,इलाका प्रहरीका प्रमुख,संघसंस्था प्रमुख, अभिभावक, बिद्यार्थीहरू र पत्रकारहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *