पालिका स्तरिय बहुसरोकारवाला मञ्चको बैठक शि.न.पा मा सम्पन्न

कृष्ण मलासी
१३ पुष २०७९ १५:५४
पालिका स्तरिय बहुसरोकारवाला मञ्चको बैठक शि.न.पा मा सम्पन्न

दिपायल, समबिकास केन्द्र (EDC) डोटी द्वारा सञ्चालित पहुँच परियोजना अन्तर्गत पालिका स्तरिय बहुसरोकारवाला मञ्चको बैठक बुधबार शिखर नगर पालिका मा सम्पन्न भएको छ। उक्त कार्यक्रम डोटी जिल्ला को दुई पालिका मा सञ्चालन हुँदै आएको समबिकास केन्द्र (EDC) डोटी का संयोजक टेक ब. नेपालीले बताए ।शिखर नगपालिका को वडा न:-५,८,९,१०,११ गरि पाँच वटा वडामा र के.आइ सिह गाउपालिका को वडा न:-१,२,३ गरि तीन वटा वडामा उक्त कार्यक्रम सञ्चालन भएको संयोजक टेक ब. नेपालीले बताए। अहिलेसम्म कार्यक्षेत्रमा भएका गतिविधि र उपलब्धि को बारेमा जानकारी दिन सरोकारवाला र वडा अध्यक्ष हरुलाइ जानकारी गराउन यो कार्यक्रम गरेको समबिकास केन्द्र (EDC) डोटी कि सामाजिक परिचालक गौरी बलायर ले बताइन् । उक्त कार्यक्रमले जलवायु न्यूनीकरणमा सचेतता अभिबृर्द्दि गर्न,दलित महिलाहरुको राजनीतिक अभिबृर्द्दि गर्न,डिजिटल साक्षरता बढाउन र महिलाहरू लाई उद्यमसंग जोड्न जोड दिइएको बताए ।उक्त कार्यक्रम बाट एक सय बीस जना महिलाले जलवायु सम्बन्धि ज्ञान प्राप्त गरि अरुलाइ पनि सचेतता फैलाएको संयोजक टेक ब. नेपालीले बताए।    उक्त कार्यक्रम मा शिखर नगर पालिका का नगर प्रमुख दीर्घ ब.बलायर को अध्यक्षता र उप प्रमुख सुनिता रावल जोरा को प्रमुख अतिथिरहेकोे थियो तेसैगरी एक देखि एघार नम्बर का वडा अध्यक्ष हरु र विभिन्न शाखाका प्रमुख हरु गरि ३५/३७ जनाको उपस्थिति रहेको थियो । नगर प्रमुख दीर्घ ब.बलायर ले कार्यक्रम मा बोल्दैगर्दा यो कार्यक्रम लाई शिखर नगर पालिकाले पुर्ण रूपमा सहयोग गर्ने बताएका छन । उक्त कार्यक्रम को प्रस्तुतीकरण टेक ब. नेपाली ले गर्नु भएको थियोे भने सामाजिक परिचालक गौरी बलायर ले गरेकी थिन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *