सामुदायिक विकास केन्दले  गर्यो भूकम्प  प्रभावितहरूलाई सहयोग

पाँजलो न्युज
१ मंसिर २०७९ १३:१२
सामुदायिक विकास केन्दले  गर्यो भूकम्प  प्रभावितहरूलाई सहयोग

सरिता कठायत
डोटी / सामुदायिक विकास केन्दले भूकम्प  प्रभावित घरपरिवारलाई सामाग्री सहयोग गरिएको छ । कात्तिक २३ गते विहान खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर आएको ६.६ रेक्टरको भूकम्पले डोटीका सबै स्थानीय तहमा क्षति पुर्याएको छ । पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा मानवीय क्षति भएको छ भने अन्य ठाउँमा पनि घरहरू उच्च जोखिममा रहेका छन। त्यसैगरी पुर्वीचौकी गाउँपालिका ७ पोखरीमा २५ घरहरू जोखिममा रहेकोले बिहीबार लुथरन वल्र्ड रिलिफ र यु.एस.ए.आई.डीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजना र जिल्ला विपद व्यवस्थापन समिति साथै पुर्वीचौकी गाउँपालिकाको समन्वयमा उच्च जोखिममा रहेका घरधुरीलाई अस्थायी टहरा निर्माणका लागि  त्रीपाल ७ नम्बरका  वडा अध्यक्ष प्रेम बहादुर खड्कालाई सामाग्री हस्तान्तरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले वताए । विपतको बेला संस्थाले गरेको सहयोग सहरानिय रहेको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताएका छन् । भूकम्प आएको दिनदेखि बाहिरको बास थियोे दिन त जसोतसो कटाउने गर्थेऊ रात कटाउन गार्‍हो हुन्थ्यो चिसोले स्थानीय नन्दा लुहारले भनिन् । उनले राहतकाे प्रखाइमा बसेको यति धेरै दिन भयो बालबालिका,वृद्ववृद्वाहरू लाई रात कटाउनै गार्‍हो आज संस्थाले गरेको सहयोगले खुसी भएको लुहारको भनाइ छ । कार्तिक २३ गते पछि आएको पराकम्पन बाट वडामा ६९ घर उच्च जोखिम, २६० घर जोखिम र १५० घर चर्केका छन् वडा अध्यक्ष खड्काले जानकारी गराएका छन् । यो अवस्थामा वडाबाट मात्रै व्यवस्थापनको लागि सम्भावना नभएकोले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनहुन अनुरोध समेत गरेका खड्काले गरे । उनले भने घरहरू मात्रै जोखिममा नभएर विद्यालयको भवनहरूमा समेत भएकाले पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेकोेले अर्को सुचना नआउजेल सम्मका लागि विद्यालय समेत बन्द गरिएको खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *