चिसो महिना अस्थायी घरको बासमा छन् ६ दिनको सुत्केरी गंगा

पाँजलो न्युज
१ मंसिर २०७९ ११:१७
चिसो महिना अस्थायी घरको बासमा छन् ६ दिनको सुत्केरी गंगा

सरिता कठायत 
डोटी / डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँकि २३ वर्षीय गंगा बोहरा अस्थायी घरमा बस्दै आएकी छन् । उनी सुत्केरी भएको आज ६ दिन भयो । यतिबेला उनी र उनको बच्चालाई घरभित्र न्यानो अवस्थामा बस्ने बेला हो । तर विडम्बना कार्तिक २३ गते राति खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र विन्दु बनाएर ६.६ रेक्टरको भूकम्पले गंगाको गाउँमा ठुलो धनजनको क्षति भएको छ । भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । गाउँमा बिनासकारी भूकम्प आएपछि कतिले घर बाहिर भागेर सकुशल ज्यान बचाउन सफल भए त कतिले घटना स्थलमै सदाका लागि संसार छोडेर गए । गाउँ अहिले शोकमा छ । त्यो गाउँका लागि चिन्ता व्यक्त गर्ने र सहयोगी दाताहरू त्यहाँको अवस्था बुझ्न दिनमा ५/६ ठाउँका टाढा टाढाका मानिसहरू पुग्ने गरेका छन् । मेन रोडबाट ६ किलोमिटर टाढा रहेको बस्तीमा सहयोगी दाताहरू जोखिम मोलेर त्यहाँ पुग्ने गरेका छन् । तर गंगा सुत्केरी भएर चिसो मौसमका बेला अस्थायी घरमा बस्दै आएको कुरा कसैलाई थाहा छैन । यतिबेला बच्चा र आमाको अवस्था के कस्तो छ कसैले सोध्ने गरेको छैनन् गंगा भन्छन् । पाउन त घर भत्किएपछि राहात पाइरहेका छौं तर आफू र घरपरिवार सोझो भएकाले सहयोगी दाताहरूलाई भन्न सकेनौं आफू सुत्केरी भएको कुरा गंगाले भनिन् । उनी गर्भवती भएकाले गाउँका मान्छे हरूले भूकम्प आएको दोस्रो दिन उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न जिल्ला अस्पताल डोटीमा पठाएको उनका ससुरा करी बोहराले बताए । जिल्लामा जादा बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो छ भनेपछि गंगा घर फ्रकिन् । रातभरि खुल्ला ठाउँमा पालमुनि बसेकी गंगा दोस्रो दिन विहानै सुत्केरी बेथाले उनलाई च्याप्यो । त्यसपछि गाउँका महिला दिदीबहिनीहरूले गाउँमै रहेको स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै उनले बच्चालाई जन्म दिइन् । उनी भन्छन् लगाउने ओडने डसेउने तातो लुगाहरू धेरै घरभित्रै च्यापिएका छन् बच्चा र आफ्नो लागि तातो लुगाहरू को अभाव छ । न पोषणयुक्त खानेकुराहरू छ नत बच्चालाई पुर्ण रूपमा आफ्नो दूध पुगेको छ मनमा भूकम्पको डर उत्तिकै छ ओहो ? यस्तो कष्टकर जीवन म जन्मेको दिन देखि पहिलोपटक भोग्दै छु गंगाले भनिन् । उनकाे परिवारमा सासू,ससुरा,आमाजु,भान्जी छन भने  श्रीमान रोजगारीको सिलसिलामा भारत छन् । उनी भन्छन् २ वर्षकी जेठी छोरी उसले पनि दूध खान जिद्दी गर्छ,रून्छ र मैलेपनि रूएको देखेपछि दूध खान दिएको छु । गंगा सुत्केरी भएको ६ दिन भैसकेको छ । विश्व स्वास्थ्य संगठनका आधारमा सुत्केरी भए लगत्तै र  ४२ दिनसम्म ४ पटक आमा र बच्चाको स्वास्थ्य अवस्था  चेकजाँच गर्नुपर्ने हुन्छ । तर गंगाले भने ६ दिन हुँदासम्म एकपटक पनि चेकजाँच गरेको छैनन् । स्वास्थ्य संस्था टाढा भएको कारण उनले अहिलेसम्म आमा र बच्चाको स्वास्थ्य अवस्था के कस्तो छ भनेर चेकजाँच गर्न नगएको भनिन् । नत स्वास्थ्यकर्मी नै उनको स्वास्थ्य अवस्था बुझ्न आएका छन् । उनी त सुत्केरी छन् झन् बच्चा र आमाको स्वास्थ्य अवस्था बुझ्न यतिबेला जरुरी रहेको देखिन्छ । स्वास्थ्य संस्थाबाट सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी आएनन् गंगाकी आमाजुले भनिन्। उनी मात्रै होइनन् भूकम्पले प्रभावित धेरै जना वृद्ववृद्वा,महिला, बालबालिका,किशोरकिशोरीहरूको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न आवस्यक रहेको छ । यो कुरामा सरोकारवालाहरूको ध्यानाकर्षण हुन यतिबेला आवश्यक छ । १९० बढी घरपरिवारहरू अस्थायी घरमा बस्दै आएका छन् । जसमा बालबालिकाहरू बढी जोखिममा देखिन्छन् । मंसिर ४ गते चुनाव भएका कारण धेरै जना स्वास्थ्यकर्मीहरूलाई मतदान स्थलमा खटाइसकेको र स्वास्थ्य संस्थामा एकजना मात्रै कर्मचारी भएकाले आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न ढिलाइ भएको पुर्वीचौकी गाउँपालिका ३ का स्वास्थ्य संस्था प्रमुख राम बहादुर बोहराले बताए । उनले भने भोलि वा पर्सि सम्म आमा र बच्चाको स्वास्थ्य अवस्था के कस्तो छ बुझ्न स्वास्थ्यकर्मीलाई पठाउने बोहराले जानकारी गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *