डोटीमा नमुना मतदानको अभ्यास गरिदै

गणेश मौनी
१९ कार्तिक २०७९ ०:५५
डोटीमा नमुना मतदानको अभ्यास गरिदै

दिपायल,डोटी जिल्लाका विभिन्न पालिकाहरुमा नमुना मतदानको अभ्यासले तिब्रता पाएको छ ।
मंशिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम शुक्रबार बोगटान फुड्सिल गाउँपालिकामा संचालन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
उनले भनिन् नमुना मतदान अभ्यासले आम मतदाताहरुलाई सही तरिकाले कसरी भोट हाल्ने, कसरी मतदान गर्दा भोट बदर हुदैन् भन्ने विषयमा जानकारी गराउने उद्देश्यले नमुना मतदान गरिएको प्रजिअ श्रेष्ठले बताईन् ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार स्थानीय तहका केन्द्र र आसपासका क्षेत्रहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्बाचन कार्यालय डोटीका निर्बाचन अधिकारी करुणाकर पन्त्तले बताए ।
डोटीको बडिकेदार गाउँपालिका बाट सुरु भएको नमुना मतदानको कार्यक्रम जोरायल गाउँपालिका पछी शुक्रबार बोगटान फुड्सिलग गाउँपालिकाकामा गरिएको र अन्य पालिकामा पनि निरन्तर गरीने निर्वाचन अधिकारी पन्तले बताए । नमुना मतदानका साथै निर्बाचन शिक्षालाई समेत निरन्तरता दिईरहेको समेत निर्बाचन अधिकारी पन्तले बताए ।
नमुना मतदान कार्यक्रका साथै जिल्ला निर्बाचन आचार संहिता अनुगमन समितीले डोटीका विभिन्न स्थानहरुमा मतदान स्थल र आचारसंहिताको को निरन्तर अनुगमन गरिहरेको निर्बाचन कार्यालयले जनाएको छ ।
आयोगले आगामी मशिर ३ गते सम्म १८ वर्ष पूरा भई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरुले मात्र मतदान गर्न पाउने छन् । डोटी जिल्लामा एक लाख २४ हजार ८ सय ७० मतदाता रहेको समेत जानकारी दिएकाछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *