
डोटी: जिल्ला सदरमुकाम सिलगढीमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु बस्ने गरेका छन् ।
२०७५ साल भाद्र महिनामा सुदुरपश्चिम प्रदेशको एक मात्र डोटी जिल्लामा स्थापना भएको बालसुधार गृहमा २५ जना बालकहरु बस्न मिल्ने क्षमताको भएपनि हाल ३९ जना बालकहरु बस्दै आएका छन् । प्रदेश भरी एक मात्र बालसुधार गृह हुदाँ स्थापनाकाल देखी हाल सम्म क्षमता भन्दा बढी बालकहरु बस्नु पर्ने बाध्यता रहदै आएको छ ।
बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु बस्ने गर्दा ब्यवस्थानपकीय पक्षमा गाह्रो हुने गरेको बाल सुधार गृह ब्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनीन् हाल डोटीमा जुन भवनमा बाल सुधार गृहको लागि प्रयोग गरी बालकहरु लाई राख्ने गरेको छ त्यो भवन बालसुधार गृहको लागि निमार्ण गरेको होईन् साबिककोे महिला तथा बालबालिका कार्यालयको भवन भएकोले बाल सुधार गृहको लागि आवश्यक मापदण्ड अनुसार नहुदाँ समस्या भईरहेको छ, क्षमता भन्दा बढी पनी छन्, भवन बाहीरतिर खेल्न मिल्ने खेलमैदान छैन, खेलकुद सामाग्री छैन्, तर पनि हामी संग भएको श्रोत साधनको सदुपयोग गरि ब्यवस्थापन गरिरहेका छौ । बालकहरुलाई अन्य जिल्लामा अदालती प्रक्रियामा सहभागि गराउन सवारी साधनको साह्रै अभाव हुने गरेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
बालसुधार गृहको लागि प्रयोग गरेको भवनमा हाल मल्टीस्टोरेज बेड बनाएर, आवश्यक खान बस्न, सुरक्षा ब्यवस्थालाई मिलाईरहेको, स्वास्थ्य कार्यालयसंगको समन्वयमा मासिक रुपमा स्वास्थ्य परिक्षण गर्ने गरेको, गैर सरकारी संघ संस्थासंगको समन्वयमा मनोबिमर्शसेवा दिनुका साथै ब्यवस्थापकीय लगाएतका अन्य क्षेत्र सरसफाई सुरक्षा लगाएका कुराहरुको नियमीत अनुगमन गर्ने गरेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
क्षमता भन्दा बढी बालकहरु भएका कारण ब्यवस्थापनमा समस्या हुने गरेको बाल सुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताईन् । उनले भनिन् देश भरमा जम्मा ८ वटा बालसुधार गृह मात्र स्थापना भएका छन् त्यस मध्यको डोटी पनि एक हो । बाल सुधार गृहमा रहेका ३९ जना बालकहरु मध्य २८ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य १३ जना हकमा फैसला नभई पुर्वपक्षका लागि बाल सुधार गृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बुले बताईन् ।
डोटी जिल्लामा रहको बाल सुधार गृहमा हाल प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्लाका बालकहरु रहेका छन् । सुदुरपश्चिम प्रदेश भरि एक मात्र बालसुधार गृह भएका कारण क्षमता भन्दा बढी राख्नुपर्ने बाध्यता रहेको पनि अनुमान गर्न सकिन्छ । क्षमता भन्दा बढी बालकहरुलाई यकै ठाउँमा राख्नु भन्दा सरकारले देशका बिभीन्न स्थानमा आवश्यकता अनुसार बाल सुधार गृह स्थापना गर्नुका साथै भएका बालसुधार गृहलाई ब्यवस्थित बनाउनु पर्ने नागरिक समाजका अगुवाहरु बताउन्छन् ।
प्रतिक्रिया