डोटी ट्राफिक प्रहरी द्वारा चेकजाँचमा कडाइ

कृष्ण मलासी
७ कार्तिक २०७९ ९:४२
डोटी ट्राफिक प्रहरी द्वारा चेकजाँचमा कडाइ

दिपायल,हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहार लाई लक्षित पार्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले चेकजाँचमा कडाइ गरेको छ ।जिल्लामा विभिन्न जिल्ला बाट आइरहेका सवारीसाधन लगायत  जिल्लाका विभिन्न ग्रामिण स्थानका सडकमा गईरहेका सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूलाई भाडामा ठगी गर्ने , तोकिएको भाडा दर भन्दा बढी भाडा असुल्ने, सवारी दुर्घटना न्यूनीकरण गर्न,चाडपर्व को बेलामा ओभर स्पिड लाई न्यूनीकरण गर्न,अवैध सरसामान ओसारपसार गर्ने लगायतका कार्य लाई नियन्त्रण गर्नका लागी चेकजाँच कडाइ गरिएको जिल्ला ट्राफिक कार्यालय का प्रमुख प्रहरी नायव निरिक्षक भिम बोहराले जानकारी दिएका छन ।   

चाडपर्वमा ग्रामीण सडकमा पनि घटना दुर्घटना हुन सक्ने भएकोले मौवा मा पनि तिहार सम्मका लागि  १ जना ट्राफिक प्रहरी सहित अन्य प्रहरी हरु राखिएको बताए । लामो दुरिका सवारीसाधनहरु लाई सुरक्षित र बिस्तारै जान बोहराले आग्रह समेत गरेका छ्न।                                                     

साथै यात्रुहरूलाई कुनै समस्या परेमा वा कोही कसैबाट ठगिएमा जिल्ला प्रहरी कार्यालय डोटीको निःशुल्क फोन नं १०० वा जिल्ला ट्राफिक कार्यालय का प्रमुख प्रहरी नायव निरिक्षक भिम बोहरा फोन नं ९८४९६८०२९१ मा सम्पर्क गर्नुहुन समेत सबैमा अनुरोध गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *