
डोटी / डोटी जिल्लामा महिला हरूलाई अधिकारका लागि खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ । दिपायल सिलगढी नगरपालिका अन्तर्गत वडा नम्बर १,२,३ का महिलाहरूलाई आफ्नो अधिकारका लागि अगाडि बढ्न सहज होस् भनेर कार्यक्रम गरिएको थियो । असोज ३० गतेका दिन महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा सो कार्यक्रम गरेको हो । महिलाहरूले आगामी दिनहरूमा आफ्ना हक अधिकारका लागि बोल्न सक्ने क्षमता अभिवृद्धि गर्नका लागि वक्तृत्वकला कार्यक्रम गरिएको हो महिला शक्ति विकास केन्द्र नेपाल डोटीमा कार्यरत मैना धामी भण्डारीले बताइन् । उनले भनिन् अरू बेला पनि यस्तै खाले जनचेतनामूलक कार्यक्रमहरू संस्थाले गर्ने गरेको थियो भण्डारीले भनिन् । संस्थाले विगत देखि नै महिलाहरूलाई के कसरी अगाडि बढाउन सहज हुन्छ भनेर यस्ता खाले जनचेतनामूलक,सिपमुलक तालिमहरूको आयोजना गर्दै आइरहेको उनको भनाइ छ । संस्थाले महिलाहरूको क्षमता अभिवृद्धि गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरेकोमा कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका १ का वडा अध्यक्ष कृष्ण बहादुर साउदले धन्यवाद दिएका छन् । कार्यक्रममा सहभागी दिपायल सिलगढी नगरपालिका १,२,३ वडाका महिलाहरू रहेका थिए । प्रथमलाई ३ हजार ५ सय, द्वितीय २ हजार ५ सय त्यसैगरी तृतीयलाई १ हजार ५ सय बराबरको सामाग्री दिएको थियो । प्रतियोगितामा प्रथम पुरस्कार दिपायल सिलगढी नगरपालिका १ का खेमा विष्ट साउद द्वितीय १ वडाकै निर्मला खड्का र तृतीय दिपायल सिलगढी नगरपालिका ३ कि देवी साउदले पाएको थियोे ।
प्रतिक्रिया