
बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्डमा पाँच महिना पछि बस सेवा सञ्चालनमा आएको छ ।
बर्षातका कारण जेठको अन्तिम साता देखी साँफे मार्तडी सडक खण्डको अम्कोटमा बन्द भएको सडक आईतबार देखि सञ्चालनमा आएपछि बुधवार मार्तडीमा बस पुगेको हो ।
बाजुरा सदरमुकाम मार्तडीमा यातायातका साधनहरु पुग्दा आम नागरिकलाई सहजता भएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ठले बताए । उनले भने मार्तडीमा गाडी नपुग्दा यातायात गर्ने यात्रुहरुले पहीरोमा करीब १ किलोमीटर हिड्नु पर्थ्यो, सामाग्रिहरु बोक्नुपर्ने, बजारमा महंगी थियो, ईन्धनको मुल्य उच्च थियो, बजारमा खाद्य सामाग्रि थिएन भएको पनि उपभोत्ताले चर्को मुल्य तिर्नु पर्थ्यो कोल्टी र कर्णालि करीडोर खोल्न सकेको थिएन अब धेरै कुरामा सहजता हुन्छ सबै समस्या बिस्तारै समाधान हुने बताए ।
चार वर्ष देखी बर्यातको समयमा बुढिगंगा नगरपालिकाको १बल्दे देखी द्धवारी सम्म करिब २ किलोमिटर पहिरो खसेर प्रत्येक बर्ष बर्षातमा सडक अबरोध हुदै आएको छ । असार देखी कार्तिक महिना सम्म यात्रुहरुले बाम्का, बल्धे, बेतालमाण्डौ पुगेर बस चढनु पर्ने बाध्यता रहेको स्थानिय नागरिकहरु बताउन्छन् ।
उत्त सडक खण्ड अबरुद्ध हुदाँ बाजुरा सदरमुकाम मार्तडी मात्र नभई बाजुराको उत्तरी क्षेत्रमा रहेको हुम्ला र मुगुको आगमनमा समेत समस्या हुदै आएको थियो । बर्षातमा सडक अबरुद्ध हुदाँ यस क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीका साथै औषधिहरुको चरम अभाब भएको देखिन्छ । बाह्रै महिना यातायात संचालन हुन सरकारले बैकल्पिक बाटो खोल्न पहल गर्नुपर्ने स्थानिय नागरिकहरु बताउन्छन् ।
साना सवारी साधन जिप, ट्याक्टर बाईक आईतबार देखी नै संचालनमा आएका थिए ।
प्रतिक्रिया