
डोटी,बोगटान फुड्सिल गाउँपालिका अन्र्तगत तिन वटा वडाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
युएम एन को आर्थिक सहयोग समान पहुच बिकास केन्द्र डोटीको प्राबिधीक सहयोगमा वडा कार्यालयको आयोजनामा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सात्फरी, वडा नम्बर ७ चमराचौतार र वडा नम्बर १ सिमचौरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको समान पहुच बिकास केन्द्र डोटीको सक्षम परियोजना संयोजक नरेन्द्र रोकायाले बताए ।
गाउँपालिका र वडा कार्यालयले प्रबाह गर्ने सेवा सुबीधाको अवस्थाको बारेमा सेवा ग्राहीलाई जानकारी गराउनका साथै सेवा प्रबाहलाई थप गुणस्तर बनाउन सामाजिक परिक्षण जस्ता कार्यक्रमले सहयोग पुग्ने गरेको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देबी बलमे बताईन् । गाउँपालिकाको सार्बजनिक सुनुवाई र सामाजिक परिक्षण कार्यक्रम पनि निकट भविश्यमा गर्ने समेत उनले बताईन् ।
वडा कार्यालले प्रबाह गर्ने सेवा सुबिधाको बारेमा सेवा ग्राहीलाई जानकारी गराउने गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिप बलमे बताए । वडाले बिनियोजन गर्ने बजेटमा वडाको मुख्य आवश्यकतालाई प्राथमिकता दिने गरेको समेत बताए ।
वडा अन्र्तगत संचालन हुने सबै योजना तथा कार्यक्रमहरु गर्दा सबै निकाएसंग समन्वय गरेर मात्र अघाडी बढ्ने वडा नम्बर ७ का वडा अध्यक्ष शंकरमान सुनारले बताए । वडाको बजेटले सबै क्षेत्रलाई सम्बोधन गरेको समेत बताए ।
वडा अन्र्तगत बिनियोजित भएर आएका जुनसुकै योजना पनि अनुगम पश्चात मात्र भुक्तानी दिने गरेको वडा नम्बर १ का वडा अध्यक्ष खेम धर्तिमगरले बताए । उनले टोल बस्तीस्तरबाट आएका सबै योजनाहरुलाई योजना बैंकको रुपमा राख्ने गरेको विस्तारै सबै सम्बोधन हुने समेत बताए ।
सामान्यतया सबै वडाको सामाजिक परिक्षण कार्यक्रममा स्थानीय सरकारलाई स्थानीय बस्ती तथा टोल स्तरबाट आएका योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, अन्तिम योजनाको भुक्तानी दिदाँ अनुगमन पश्चात मात्र दिनुपर्ने, मानबिय जिबनसंग प्रत्येक्ष रुपमा जोडिएका सवाल शिक्षा, वास्थ्य,पर्यटन, कृषि, यातायातलाई स्थानिय सरकारले विशेष प्राथमिकता दिनुपर्ने, अनुउत्पादीत क्षेत्रमा भन्दा उत्पादीत क्षेत्रमा बढी लगानी गर्नुपर्ने, बिकासमा राजनितीक रुपमा आग्रह पुर्बाग्रह गर्न नहुने लगाएतका सुझाबहरु आएका थिए ।
वडाको सामाजिक परिक्षण कार्यक्रममा वडा कार्यालले एक बर्षको अवधीमा सम्पन्न गरेको कार्यक्रमको खर्च सहितको विवरण, आम्दानी र खर्चको अवस्था, सेवा प्रबाहको अवस्था, भौतिक संरचना तथा ब्यवस्थापकीय क्षेत्र, सेवा प्रबाहमा भोग्नु परेका समस्या चुनौतिहरु र आगामी दिनको लागि सुझाब सहित प्रस्तुतिकरण गरिएको थियो । वडाले प्रस्तुतीकरण गरेको प्रतिबेदन माथी ब्यापक छलफल, दोहोरो सम्बाद गरी सुझाब संकलन गरिएको थियो ।
समान पहुच बिकास केन्द्र डोटीले सक्षम परियोजना अन्र्तगत सुशासन कामय गर्न सामाजिक परिक्षण,सार्वजनिक सुनुवाई सेवा प्रदायक र सेवा ग्राही बिचको सम्बन्ध बिस्तार, जनप्रतिनिधी तथा कर्मचारीहरुको क्षमता विकास, स्थानिय तहका ऐन, नियमावली, कार्यबिधी निमार्णमा सहयोग, महिला समुहरुमा आर्थिक सामाजिक, राजनितीक तथा सास्कृती संघ सम्बन्धी सवालहरुमा क्षमता बिकास तथा जनचेतानामुलक कार्यक्रमहमा सहयोग गर्दै आईरहेको समेत परियोजना सयोजक रोकायाले बताए ।
स्थानिय सरकार संचालन ऐन २०७४ ले गरेको प्राबधान अनुसार बोगटान फुड्सिल गाउँपालिकाले निमार्ण गरेको सामाजिक परिक्षण कार्यबिधी २०७५ अनुसार सामाजिक परिक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।
प्रतिक्रिया