रोजगारको लागि भारत गएका नेपालीहरु दसैं मनाउन घर फर्कदै

कृष्ण मलासी
१० असोज २०७९ १६:१२
रोजगारको लागि भारत गएका नेपालीहरु दसैं मनाउन घर फर्कदै

डोटी : रोजगारीको शिलशिलामा भारत गएका नेपालीहरु घर र्फकनेको लर्को लागेको छ । दशै लागेसंगै रोजगारको शिलसिलामा भारत गएका नेपालीहरु दशै तिहार मानाउँ घर फर्कनेको लर्को लागेका हो ।दशै तिहार नजिकीनै लाग्दो गड्डा चौकी नाका बाट भारत जाने नेपाली भन्दा स्वदेश फर्कनेको संख्या धेरै रहेको शस्त्र प्रहरी बल नेपाल विओपी त्रिनगरका प्रहरी सहायक निरीक्षक गोकर्ण महराले जानकारी दिए । आज सोमबार मात्रै पाँच सय ९४ जना नेपाली स्वदेश फर्कीएका छन् । जस मध्य ४२१ जना पुरुष, १२१ महिला र ५२ बालबालीका रहेको निरीक्षक गोकर्ण महराले बताए । देशमै कमाई खाने भाडो नभए पछि रोजगारका लागी घर परीवार र देश छोडेर जादा साह्रै दुख लाग्ने बोगटान डोटीको फुड्सिल गाउपालीका ३ कानाचौर घर भई भारतकोे महाराष्ट आएका गणेश जोशीले बताए । उनले भारतमा साहुको दवाबै दवाब र गाली गलैचा सुनेर काम गर्न बाध्य हुनु पर्ने बताए । पढ्ने रहर हुन्छ तर घरको आथिक अवस्थाले धान्दैन, नेपालमा १२ पासगरी स्वदेशमा रोजगार नपाउने भएपछि झोला बोकेर भारत पस्न बाहेक अन्य बिकल्पनै नभएको जोशीले बताए ।छोरा छोरीलाई राम्रो शिक्षा दिने र परीवारमा आर्थिक समस्या बढ्न थालेपछि विदेश गएको कैलालीको सुखड घर भई भारतको राजस्थान बाट घर फर्किएका पदम विष्टले बताए । आफु संग पैसा नभए पनि सातिहरु संग सापटि मागेर दशै तिहारमा घर फर्कन पाउदा निकै खुसी लागेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *