युवालाई लक्षित गर्दै प्रदेश स्तरीय गोल्ड कप डोटीमा

पाँजलो न्युज
५ असोज २०७९ १५:५९
युवालाई लक्षित गर्दै प्रदेश स्तरीय गोल्ड कप डोटीमा

सरिता कठायत 
डोटी / डोटी जिल्लामा युवालाई लक्षित गर्दै प्रदेश स्तरीय गोल्ड कप हुने भएको छ । युवाहरूका चाहाना भनेका खेल तिर हुनुपर्छ खेलले गर्दा स्वास्थ्य पनि राम्रो हुने गर्छ । बुधबार शैलेश्वरी मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन गरि प्रदेश स्तरीय खेलका बारेमा जानकारी गराएको थियोे । प्रदेश स्तरीय खेल जिल्लामा खेलाउँदा डोटीका प्रसिद्ध ठाउँ,यहाँका कला,संस्कृतिलाई सबै क्षेत्रमा पहिचान गराउने उदेश्यले खेलको आयोजना गरेको भैरव गण सिलगढीका गणपति जन्मत बहादुर कार्कीले बताएका छन् । उनको भनाइ अनुसार जिल्लामा रहेका स्थानीय होमस्टे हरूमा आर्थिक रूपमा पनि वृद्धि हुने समेत कार्कीले जानकारी गराए । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ बाट रू १ लाख आर्थिक सहयोग र जिल्ला अस्पताल डोटी बाट रू ५० हजार आर्थिक सहयोग गरिएको कार्कीले बताए । असोज ८ गतेदेखि १० गतेसम्म जिल्लाको सदरमुकाम सिलगढी टुढिखेलमा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला अस्पताल बाट खेल अवधिभर स्वास्थ शिविरको पनि व्यवस्था गरिएको जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष धन बहादुर नेपालिले बताए । जिल्लामा प्रदेश स्तरीय खेलले गर्दा स्थानीय युवाहरूलाई धेरै सहज हुनुका साथै जिल्लाका होटल व्यवसाय हरूलाइ पनि सहज हुने दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासिले बताएका छन् । प्रदेश स्तरीय खेलमा कैलाली,बाजुरा,अछाम,डडेलधुरा,बैतडी,डोटी, भैरव प्रसाद गणको टिम,उद्योग बाणिज्य संघ डोटीको टिमहरू सहभागी रहने छन् । गोल्ड कपमा प्रथम हुनेलाई १ लाख पुरस्कार, दोस्रो हुनेलाई ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *