सेनेटरी प्याडले फेरिएको ममताको जीवन

पाँजलो न्युज
४ असोज २०७९ १५:५९
सेनेटरी प्याडले फेरिएको ममताको जीवन

सरिता कठायत                                                     डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाबाट सेनेटरी प्याड तालिम सिकेपछी ममता गुरूङ को जीवन फेरिएको छ । तालिम लिनुभन्दा  अगाडि  घरायसी काममा र कुखुरा फम खोलेर व्यवसायका रूपमा समय को सदुपयोग भैरहेको थियोे । ०७८ असोजमा आएको अविरल वर्षाले गर्दा उहाँको कुखुरा फम पहिरोले बगाएर ठुलो घाटा लाग्यो ममतालाई । उनका श्रीमान र उनले धेरै ठाउँमा आफ्नो व्यवसायमा घाटा भएको कुरा जानकारी गराउदा समेत कसैले सुनुवाइ गरेनन् । उनका १ छोरी १ छोरा छन् । ममताले २०७६ सालमा सेनेटरी प्याड बनाउने तालिम दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा यो अवसर पाइन् । दिपायल सिलगढी नगरपालिका ६ मा बस्ने ३७ बर्षकी ममता गुरूङले सो तालिम लिएको   ३ वर्ष पछि आफ्नो सिपलाई सञ्चालनमा ल्याइन । ममताले भनिन् अहिले आफूले सिकेको सिपलाई सदुपयोग गर्न पाउँदा असाध्यै खुसी भएको छु ।  २०७९ साल असार ५ गतेबाट म लगायत ३ जना अरूले रोजगारीको रूपमा आफ्नो सिपलाई प्रयोगमा ल्याएका छौं । साझविहान घरको काम गर्न मिल्छ दिनभर आफ्नो सिपको सदुपयोग गर्ने मौका मिलेको छ ।  २०७७/७८ सालमा कोभिड १९ का कारण उहाँ लगायत अन्य तालिम लिएका  महिलाहरूले काम गर्ने अवसर गुमाउनुपरेको महिला उद्यमशिल सेनेटरी प्याड उत्पादन फम डोटीका सचिव सावित्री गुरूङको भनाइ छ । सावित्री लगायत १० जनाले सो तालिम सिकेका  थिए । तर उनले आफू संस्थाको सचिव भएका कारण रोजगारीका रूपमा नलागेपनि अन्य आफूसँगै सीप सिकेका दिदीबहिनीहरूले रोजगार पायो म त्यसैमा खुसी छु   ।    तालिम लिएका अन्य दिदीबहिनीहरू घरायसी कामकाजले पनि समय दिन नसक्ने उनले बताइन् । दिपायल सिलगढी नगरपालिकाका निवर्तमान नगर प्रमुख मन्जु मलासिको पहलमा बजार प्रबर्द्धन महाशाखा केन्द्र काठमाडौं सँग समन्वय गरेर सेनेटरी व्याड उत्पादन गर्ने मेसिन उपलब्ध भयो । नगरपालिका बाट पहिला हामीहरूलाई प्याड बनाउने तालिम सिकायो त्यसपछि अहिले प्याड बनाएर आफ्नो सीप प्रयोगमा ल्याउन पाउँदा खुसीको सिमा छैनन् । नगरपालिकाबाट आवश्यक पर्ने सामाग्रीका लागि ५ लाख दिएको थियो । सो रकमले आज ४ जनालाइ दैनिकी २०० सयका दरले ज्याला दिदै आएका छौं । साथै प्याड बनाउँदा आवश्यक सामाग्री पनि त्यहीँ रकमबाट ल्याउने गरेको सावित्रीले जानकारी गरायो । यो अवसर हामी महिला दिदीबहिनीहरूका लागि असाध्यै राम्रो हो उनले भनिन् । प्याड कटिङ मेसिनले दिनमा २५ सय प्याड उत्पादन गर्छ तर अन्य इलोक्ट्रोनिक मेसिन अभावका कारण हातले बनाउनुपर्छ त्यसैले दिनमा ५ सय जति मात्रै बनाउने गरेको सावित्रीले बताइन् । ३ महिनाको अवधिमा कहिले मेसिन बिगि्एर समस्या हुन्छ त कहिले प्याड बनाउने सामान तर पनि जेनतेन १२ सय ८१ पाकेट प्याड बनाएर राखेका छौं । दिपायल सिलगढी नगरपालिका ६ का भरतप्रसाद श्रेष्ठ पनि प्याड बनाउने ठाउँमा काम गर्छन् । उनलाई इलोक्ट्रोनिक सम्बन्धि ज्ञान छ सो कारण उनले आफ्नो सिपलाई त्यतातिर सदुपयोग गरेका छन् । नगरपालिका बाट गरेकोे यो कार्य राम्रो छ आफ्नै ठाउँमा यसरी महिला तथा किशोरी हरूलाई अति आवश्यक सामाग्री आफ्नै ठाउँमा उत्पादन गरेर प्रयोगमा ल्याउन पाउँदा  । साथै सीप सिकेकाहरूलाई यो रोजगारीको अवसर पनि हो । सावित्री भन्छन् सेनेटरी प्याड उत्पादन त गर्दै छौं तर बिक्री हुन्छ कि हुदैनन् यदि भएनन् भने हाम्रो सीप खेर पो जाने होकि भनेर पिर लाग्छ । उनका भनाइ अनुुसार हाम्रो यो सिपलाई सबैले माया गरेर यी प्याड दिपायल सिलगढी नगरपालिकामा मात्रै नभएर डोटीका अन्य स्थानीय तहले पनि साथ दिनुपर्नेछ ।   हाम्रो सिपलाई अझै अगाडि बढाउन हौसला हुनेथियो  । उनले आफ्नो संस्थाले गर्दै आएको कामप्रति नगरपालिकाले पनि चिन्ताजनक हुनुपर्ने सुझाव दिइन् । उनका भनाइ अनुसार दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजि सिं खड्काले सकारात्मक धारणा राखेको र आफूहरूलाई स्थानीय तहबाट हाम्रो कामलाई मुल्यांकन गरेर हौसला दिँदा काम गर्न सहज हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *