
धनगढी, ४ असाेज । डा.गोविन्द केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।नौ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीमा आमरण अनसनमा बसेका डा. गोविन्द केसी केसीलाई काठमाडौँ लैजाने तयारी थियो । तर डा. केसीले काठमाडौँ नजाने अडान गरेपछि स्काइट्रक फिर्ता काठमाडौँ फिर्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
केसीको स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले काठमाडौँ लैजाने तयारी गरे पनि केसी काठमाडौँ जान नमानेको डा केसीका सहयोगी डा। अमृत जैसीले जानकारी दिए । यता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइसकेको छ ।
अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशङ्का गरिएको पनि अस्पतालले जनाएको छ ।गत सोमबारदेखि धनगढीमा २०औँ पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
प्रतिक्रिया