धनगढी । सोमबार पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले गृहजिल्ला डोटीमा झुल्किए। डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यासका लागि आले त्यहाँ पुगेका थिए।
सरकारले संसदीय निर्वाचन अन्तरगत मंसिर ४ मा संघ र प्रदेशको एकैपटक चुनाव गर्ने घोषणा गरेका बेला आले गृहजिल्ला केन्द्रित बनेका छन्। आलेले आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुगमन तथा शिलान्यास गरिरहेका छन्। सोमबार (आज) मात्रै उनले ५ करोड बढी बजेटमा बन्ने विमामनस्थलको टर्मिनल भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रमको अवसरमा उनले आफूले मन्त्री हुँदाका बखत गरेका कामको सार्वजनिक गरेका छन्। यस्तै उनले आफूले डोटीको दीपायलमा राजधानी राख्न गर्नुसम्म गरेको दाबी गरेका छन्। उनले आफूले २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा डोटीबाट जित्ने बेला नै दिपायलमा राजधानी भएन भने सांसद पदबाट राजीनामा दिने बताएको दाबी गरेका हुन्। तर, राजीनामा गर्ने भनेपनि नगरेको उनले बताए।
प्रतिक्रिया