बैतडीमा दुई हजार ८ सय आठ जना मतदाता थपिए

पाँजलो न्युज
२० भदौ २०७९ ५:२५
बैतडीमा दुई हजार ८ सय आठ जना मतदाता थपिए

बैतडी ।बैतडीमा करिब २८ सय मतदाता थपिएका छन्। गत असार १ गते बाट फोटोसहितको मतदाता नामावली संकलन गरिएकोमा त्यो अवधीमा २ हजार ८ सय ८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले जानकारी दिए ।

आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन २ हजार ८ सय ८ जना मतदाता थपिएका उनले बताए । योसँगै बैतडीमा कुल मतदाताको संख्या १ लाख ५१ हजार ४ सय १४ पुगेको छ ।

गत असार १ गतेदेखि निर्वाचन कार्यालय, प्रशासन र इलाका प्रशासन कार्यालय पुरचौडी हाटमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो। थपिएका मतदातामध्ये १ हजार ५ सय ९ जना पुरुष र १ हजार २ सय ८९ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

संघ प्रदेश चुनावको मिति घोषणासंगै फोटोसहितको मतदाता नामावली संकलन कार्य बन्द गरिएको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बैतडी जिल्लामा पनि तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *