विपद् जोखिमका हिसाबले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

पाँजलो न्युज
२९ भदौ २०७९ ६:२१
विपद् जोखिमका हिसाबले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सुदूरपश्चिम तराई, चुरेदेखि लिएर महाभारत लगायत हिमालय महत्त्वपूर्ण भए पनि त्यहाँ भएको भू बनोट संरचनाहरू जोखिमपूर्ण रहेका विपदबारे गम्भीर भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही स्थानीय तहले विपद् सम्बन्धी कामहरू गर्दै आएको उनले बताए । सूचकका आधारमा केही किसानको बिमा समेत गरेको भन्दै उनले चालु आर्थिक वर्षसम्म १३ हजार समूहलाई बिमीत गर्न तयारीमा रहेको उनले बताए । अब घर बनाउँदा माटो परीक्षण गरेर मात्रै भवन निर्माण गर्नुपर्ने उनको भनाइ छ । विपद्लाई न्यूनीकरण गर्ने तिनै तहको सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताए । भूकम्पबाट बच्नको लागि पूर्व तयारीमा जुट्न स्थानीय तहलाई आग्रह गरे । अब बन्ने नयाँ भवन निर्माण गर्दा भूकम्परहित बनाउनुपर्ने उनले बताए । भवन निर्माण गर्दा गुणस्तरीय सामान प्रयोग भएको छ कि छैन चेकजाँच गर्नुपर्ने उनको भनाइ छ । भूकम्प रहित कार्यक्रम गरेर जनचेतना फैलाउनुपर्ने उनले बताए । भूगर्भ विद डाक्टर दीपक चौलागाईले विभिन्न विपद् जोखिमका हिसाबले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेको बताए । उनले बाढी पहिरो आगलागी, चट्याङ तथा भूकम्प लगायतका विपद्का घटनाबाट धेरैको ज्यान गएको, घाइते भएको बताएका छन् । उनका अनुसार विगत १० वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा २११९ विपद्का घटना भएको बताए । सन् २०११ देखी २०२१सम्ममा सबैभन्दा बढी सुदूरपश्चिमको कैलालीमा ४९३ विपद्का घटना भएकोमा सबैभन्दा कम बैतडीमा ११७ भएका छन् । यस्तै कञ्चनपुरमा ४०६, अछाममा ३०९, बाजुरामा २०२,बझाङमा १५९,डडेल्धुरामा १५० विपद्का घटना भएका छन् । यस्तै दार्चुलामा १४४, डोटीमा १३९ विपद्का घटना भएको भूगर्भ विद चौलागाईले जानकारी दिए । सुदूरपश्चिममा भएका २११९ विपद्का घटना मध्ये सबैभन्दा बढी आगलागीका ९२९ वटा घटना भएका छन् । वर्षाका २४९, भारी वर्षाका २४८, पहिरोका २३४ वटा घटना भएका छन् । यस्तै बाढीबाट ११७ , जनावरको १०४ वटा घटना भएका छन् । सो अवधि अर्थात् सन् २०११ देखी २०२१ सम्ममा १२७ जना पुरुष र १११ जना महिला गरी २३८ जना मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी पहिरो र चट्याङ्गका कारण मृत्यु भएको छ । यस्तै ९३७ जना मानिसहरू विपद्का घटनाबाट घाइते भएका छन् । ५३४५ घर क्षतिग्रस्त, ४२०८ आंशिक क्षति र १२२७ घरहरू पूर्ण रुपमा क्षति भएका छन् ।यस्तै सुदूरपश्चिममा सो अवधिमा ७८ करोड रुपैयाँ बराबरको क्षति भएका छ । जसमा सबैभन्दा बढी कैलालीमा ३१ करोड रुपैयाँ बराबरको क्षति भएको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *