(दिनेश जोशी) डोटी — डोटी उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ। संघको निर्वाचन समितिले निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
संघको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। जसमा दीपक बहादुर खड्का, इन्द्र बहादुर कुँवर, प्रेम बहादुर भण्डारी र वीरेन्द्र शाह रहेका छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा दीर्घ बहादुर साउँद, लोक बहादुर खड्का र चन्द्र राज पाठकको उम्मेदवारी परेको छ।
उद्योग उपाध्यक्षमा रमेश बोहरा र नन्दराम भण्डारी तथा वाणिज्य उपाध्यक्षमा लाल बहादुर कठायत, गणेश बोहरा र लोक बहादुर देउबाले उम्मेदवारी दिएका छन्।
यसैगरी महासचिव पदमा जय बहादुर शाही, रोशन कठायत र रमेश जोरा उम्मेदवार छन्। कोषाध्यक्षमा अमित अमात्य र प्रकाश बहादुर रावल तथा सचिव पदमा दीपक कलेल, पवित्रा कुमारी कुँवर र नन्दनसिंह कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
सदस्य पदमा सुरेन्द्र कुँवर, भावना खड्का पुनमगर (जनजाति), मनीषा कामी (दलित), राधिका शाही, रवि भण्डारी, पुतली देवी देवजा, मान बहादुर सिंह, नितेश सोव, सन्दिप कुमार श्रेष्ठ, सुविन साउँद, कमला जोशी र रामचन्द्र नेपाली उम्मेदवार रहेका छन्।
डोटी उद्योग वाणिज्य संघको निर्वाचन आसोज ८ गते सम्पन्न हुने निर्वाचन कार्यक्रम रहेको छ। सार्वजनिक गरिएको नामावलीअनुसार विभिन्न पदमा उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।







प्रतिक्रिया