डोटीमा राप्रपाको जिल्ला कार्यसमिति विस्तार, खड्क प्रसाद अग्रवाल अध्यक्ष

पाँजलो न्युज
२४ भदौ २०८३ १२:११
डोटीमा राप्रपाको जिल्ला कार्यसमिति विस्तार, खड्क प्रसाद अग्रवाल अध्यक्ष

डोटी — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीले जिल्ला कार्यसमिति विस्तार गरेको छ। पार्टीको निर्णयअनुसार खड्क प्रसाद अग्रवाललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो।
विस्तारित कार्यसमितिमा अध्यक्षसहित विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन गरिएको छ। जसअनुसार वरिष्ठ उपाध्यक्षमा प्रकाश आले, उपाध्यक्षमा शान्ति खड्का र टेकबहादुर मल्ल, सचिवमा राजकुमार कडायत तथा कोषाध्यक्षमा भूपेन्द्र शाह चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा हिल्सबहादुर राई, डम्बरबहादुर कडायत, कनैयार, नरबहादुर, खड्कबहादुर मल्ल, राणाबहादुर कनैयार, प्रकाश जोशी श्रेष्ठ, पुतलीदेवी डोली, कृष्णबहादुर खड्का, सुरेश खड्का र नन्दबहादुर बिष्ट लगायतलाई सर्वसम्मत चयन गरिएको जनाइएको छ।
नवनियुक्त जिल्ला कार्यसमितिले जिल्लामा पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
राप्रपा डोटीले नयाँ नेतृत्वसँगै जिल्लाका विभिन्न क्षेत्रमा पार्टीको गतिविधि विस्तार गर्ने तथा संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *