डोटी । डोटीको जोरायल गाउँपालिका–४ मत्सेमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्।
मङ्गलवार बिहान करिब ९ः२० बजे स्थानीय लोकेशबहादुर घर्ती मगरकी करिब ९/१० वर्षीया छोरी खिमा घर्ती मगर ठुलीगाड खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी हुन्।
घटनाबारे बालिकाका बुवा घर्ती मगरले बिहान करिब ११ बजे प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक दिलीपकुमार बिसीको कमाण्डमा ९ जनाको प्रहरी टोली खोज तथा उद्धारका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिए।
बेपत्ता बालिकाको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।






प्रतिक्रिया