डोटीमा मनोनयनविरुद्ध कुनै उजुरी परेन

पाँजलो न्युज
९ माघ २०८२ २:३२
डोटीमा मनोनयनविरुद्ध कुनै उजुरी परेन

दिनेश जोशी डोटी, माघ ७
डोटी- प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नं. १ मा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी दर्ता नभएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ताको समय निर्धारण गरिएको थियो। सो अवधिमा उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जानकारी दिएको हो।
मुख्य निर्वाचन अधिकृत पद्मराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा निर्धारित समयसीमाभित्र उजुरी दर्ता नभएकाले निर्वाचन प्रक्रिया अगाडि बढ्ने उल्लेख गरिएको छ।
उक्त जानकारी बोधार्थ प्रदेश निर्वाचन कार्यालय धनगढी र जिल्ला निर्वाचन कार्यालय डोटीलाई समेत पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *