डोटीबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

पाँजलो न्युज
२४ पुष २०८२ ६:२७
डोटीबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

दिपायल- डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ बाँझकी २३ वर्षीया सुत्केरी मुना श्रीमाललाई बिहिवार उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान करिब ७ बजे आठ महिनाकी गर्भवती श्रीमाललाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि सुजङ अस्पताल राजपुर डोटी लगिएको थियो ।अस्पतालमा उपचारका क्रममा बच्चा मृत अवस्थामा जन्मिएको र आमाको स्वास्थ्य अवस्था बेहोस भई स्वास्थ्य अवस्था जटिल बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा बिहान १० बजेर ५५ मिनेटको समयमा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *