डोटी — गैरसरकारी संस्था महासंघ डोटीको नवौँ महाधिवेशन तथा तेइसौँ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। ०८२ साल पुष २२ गते सम्पन्न अधिवेशनबाट लाल बहादुर विक अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ।
नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा तिर्थराज पन्त, सचिवमा नरेन्द्र बि.क., कोषाध्यक्षमा लक्ष्मी देउवा बम तथा सह–सचिवमा भक्तराज उपाध्याय चयन हुनुभएको छ।
महाधिवेशनले जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको भूमिका प्रभावकारी बनाउँदै समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरेको जनाएको छ।







प्रतिक्रिया