डोटी– प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि डोटी जिल्लामा १ लाख २८ हजार ३९९ जना मतदाता रहेका छन्। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावली अनुसार जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या बढी देखिएको छ।
जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्तका अनुसार कुल मतदातामध्ये ६१ हजार ५ सय ७८ जना पुरुष र ६६ हजार ८ सय २१ जना महिला छन्। पुरुषभन्दा महिला मतदाताको संख्या ५ हजार २ सय ४३ जनाले बढी रहेको कार्यालयले जनाएको छ।
स्थानीय तहअनुसार सबैभन्दा बढी मतदाता शिखर नगरपालिकामा रहेका छन्। शिखर नगरपालिकामा २१ हजार ४ सय ९५ मतदाता छन्, जसमध्ये १० हजार १ सय १० पुरुष र ११ हजार ३ सय ८५ महिला रहेका छन्। ११ वडा रहेको शिखर नगरपालिकामा १६ मतदान स्थल र २८ मतदान केन्द्र छन्।
जिल्लामा सबैभन्दा कम मतदाता बडीकेदार गाउँपालिकामा रहेका छन्। उक्त गाउँपालिकामा ९ हजार ६ सय ८० मतदाता छन्, जसमध्ये ४ हजार ९ सय ८९ पुरुष र ४ हजार ६ सय ९१ महिला रहेका छन्। ५ वडा रहेको बडीकेदार गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र रहेका छन्।
त्यस्तै, ७ वडा रहेको आदर्श गाउँपालिकामा जम्मा १५ हजार ७० मतदाता रहेका छन्। यहाँ ६ हजार ८ सय ७६ पुरुष र ८ हजार १ सय ९४ महिला मतदाता छन्। गाउँपालिकामा १४ मतदान स्थल र २२ मतदान केन्द्र रहेका छन्।
७ वटै वडा रहेको के.आई.सिंह गाउँपालिकामा १३ हजार ४ सय ८६ मतदाता छन्। यहाँ ६ हजार २ सय ३६ पुरुष र ७ हजार २ सय ५० महिला मतदाता रहेका छन्। गाउँपालिकामा १० मतदान स्थल र १८ मतदान केन्द्र छन्।
६ वडा रहेको जोरायल गाउँपालिकामा कुल १३ हजार ८ सय ६५ मतदाता छन्। जसमध्ये ७ हजार १ सय २२ पुरुष र ६ हजार ७ सय ४३ महिला रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन्।
९ वडा रहेको दिपायल सिलगढी नगरपालिकामा १९ हजार ६ सय २२ मतदाता छन्। यहाँ ९ हजार २ सय २५ पुरुष र १० हजार ३ सय ९७ महिला मतदाता रहेका छन्। नगरपालिकामा २२ मतदान स्थल र २९ मतदान केन्द्र छन्।
७ वडा रहेको पूर्वीचौकी गाउँपालिकामा १३ हजार ६ सय ६६ मतदाता छन्। जसमा ६ हजार ३ सय ३५ पुरुष र ७ हजार ३ सय ३१ महिला रहेका छन्। गाउँपालिकामा १५ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन्।
त्यस्तै, ७ वडा रहेको बोगटान फुड्सिल गाउँपालिकामा १० हजार ३ सय ८५ मतदाता छन्। यहाँ ५ हजार २ सय ८७ पुरुष र ५ हजार ९८ महिला मतदाता रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १५ मतदान केन्द्र छन्।
६ वडा रहेको सायल गाउँपालिकामा ११ हजार १ सय ३० मतदाता छन्। जसमा ५ हजार ३ सय ९८ पुरुष र ५ हजार ७ सय ३२ महिला रहेका छन्। गाउँपालिकामा ११ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन्।







प्रतिक्रिया