जलवायू परिवर्तनका असरहरु न्यूनीकरणमा जुट्दै बोगटानका स्थानीय (भिडियो सहित)

मोहन शाही
२३ असार २०८२ ३:४४
जलवायू परिवर्तनका असरहरु न्यूनीकरणमा जुट्दै बोगटानका स्थानीय (भिडियो सहित)

डोटी– बोगटान फूडसिल गाउँपालिका वडा न १ सिमगाँउका स्थानीयबासिन्दा यतिबेला बाँझो रहेको सुख्खा टाकुरा डाँडामा दिनभरी जम्मा हुन्छन । कोही खनजोत गरिरहेका,  झारपात उखेलिरहेका त कोही जमिन सम्याउने काम गरिरहेका भेटिन्छन ।

जलवायू परिवर्तनका प्रभावहरु न्यूनीकरण गर्न सिम महिला कृषक समुहले अनुकुलनका उपायहरुको नमुना अभ्यास गरिरहेका छन । माटोको क्षयीकरण रोक्न सुख्खा वाझो जमीनहरुमा उत्पादकत्व सुधार गरी दिगो कृषी गर्न र वातावरण संरक्षणमा सहयोग गर्न ढलान कृषी भुमी प्रविधीको प्रयोग सिमगाउँ बासी गरिरहेका छन ।

बाँझो रहेको डाडाँमा विभिन्न तरकारीबाली, फलफूल लगायतका बोटबिरुवा लगायर कसरी जलवायू परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सकिन्छ भन्ने अभ्यास गरिरहेको स्थानीय बताउँछन ।

जलवायू परिवर्तनका प्रभावबाट बच्न सिमगाउँका महिला मात्र होइन । बोगटान फूडसिल गाउँपालिका वडा न १,४ र ७ न· का स्थानीयपनि कम्मर कसेर जुटेका छन ।

बोगटान फूडसिल गापा १ सिमगाउँमा सुख्खा डाँडालाइ हरियाली बनाउन जुट्दै स्थानीय ।

७ वटा सामुदायिक बन उपभोक्ता समितीमा  पानीका मुहान संरक्षाणका लागी २८ वटा रिचार्ज पोखरी निर्माणका साथै पानीका स्रोत संरक्षणका लागि वृक्षारोपण, ८ वटा खानेपानी उपभोक्ता समिती मा १८ वटा पानीका स्रोत संरक्षण गरी खानेपानीका मुहान टंकी पाईपलाईन र धारा निर्माण स्थानीयले गरेका छन । वैकल्पीक उर्जाको क्षेत्रमा ६ वटा सुधारीयको पानी घट्ट निर्माण गरि  १४६ जनालाई सोलार समेत  वितरण गरिएको छ ।

जलवायू परिवर्तन र त्यसका असरहरुवाट बच्नका लागि स्थानीयबासिन्दा, शिक्षक, जनप्रतिनिधी लगायत सरोकारवालाहरुलाइ सचेतीकरण गर्ने, सहयोग गर्ने तथा सक्रिय पार्ने काम भने यू· एम·  एन· डोटी क्लष्टर तथा आर· सि· डि· सी· को साझेदारीमा सञ्चालित दिगो बाताबरणका लागी जलबायु परिवर्तन प्रभाब  न्यूनीकरण तथा अनुकुलन Climate परियोजनाले सहयोग गरेको छ ।

बोगटान फूडसिल गापा १ सिमगाउँमा सुख्खा डाँडालाइ हरियाली बनाउन सिँचाइ पोखरी बनाउँदै स्थानीय ।

Climate परियोजनाले ९ वटा विद्यालयहरुमा जवलायु परिवर्तन न्युनीकरण शिक्षा प्रदान गर्नुका साथै विद्यालयमा फोहर व्यवस्थापनका लागी आधुनीक खाडल निर्माण,  वगैचा निर्माणमा सहयोग गरिरहेको छ । यतिमात्र नभएर जोखिममा परेका विधालयहरुको पर्खाल निर्माणको काम पनि भइरहेको छ ।

यहाँका किसानहरुले वातावरण सरक्षणकै लागि अर्गानीक तरकी खेती गर्ने,प्रांगारिक मलको प्रयोग गर्ने तथा भूक्ष्य हुन सक्ने ठाँउहरुमा वृक्षारोपण गर्ने कामहरु गर्दै आएकाले बोगटान फूडसिल गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाले पनि खुसी व्यक्त गरेका छन ।

वडा तथा पालीकामा विपद जोखीम न्युनीकरणका लागी योजना निर्माणमा सहयोग समुदायमा रहेका जोखीम स्थानहरुमा अल्पीकरण तथा न्युनिकरणाका लागी वायुईन्जीनेरीड्ड ज्ञ्याविन वाल बृक्षारोपन जस्ता कार्यहरु गरीरहेको छ ।

आरसीडीसिबाट करेसाबारी सम्बन्धी तालिम लिइरहेका किसान ।

३० कृषक समूह मा २८ वटा पोलीहाउस वितरण, एकल महिला अपाङ्ग दलीत जनजाती गरी ४८ जनालाई बाख्रा वितरण , जैविक मलको प्रयोग निर्माण र प्रयोगका लागी १८० जना कृषकहरुलाई तालीम र आवश्यक सामाग्री सहयोग, रैथाने वाली संरक्षणका लागी कृषक प्रोत्साहन कार्यक्रम, ४५ जना कृषकहरुको गोठ सुधार आदिमा Climate परियोजनाले सहयोग गरिरहेको छ ।

पहिरो तथा भूक्ष्यबाट रोक्न बाँसको प्रयोग गरि निर्माण गरिएको तटवन्धन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *