रेशम चौधरीलाई डिल्लीबजार कारागार चलान

पाँजलो न्युज
१७ वैशाख २०८२ ७:५७
रेशम चौधरीलाई डिल्लीबजार कारागार चलान

दिपायल- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागार चलान भएका छन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरी कारगार लगेको हो।

यस अगाडि टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।आममाफी दिएर चौधरीलाई छुटाएपछि टीकापुरमा हत्या भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले पुन: सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्। उनले आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान लिनेगरी भएको टीकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना भएको भन्दै माफी दिने नमिल्ने जिकिर गरेकी थिइन्।

यता प्रहरी स्रोतका अनुसार फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बताएको छ। चौधरीको यस अगाडिको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकाले अदालतको आदेश अनुसार पक्राउ गरिएको प्रहरी अधिकारीको दाबी छ।

दुई पार्टीबीच आन्तरिक कारणले विवाद समयमै सुरु भएको सहमति जुटाउन शीर्ष नेता छलफलमा जुटिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *