डोटी- प्यालेस्टाईनी बिद्रोही समूह हमाशको आक्रमणमा परी मुत्यु भएका दुई विद्यार्थीको शव डोटी आई पुगेको छ ।
नेपाली सेनाको स्काई एम्वुलेन्स एनए ०६४ मार्फत आईतवार दिउसो करीव ३ बजे डोटी शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका—५, पीडका पदम थापाको शव डोटीको दिपायल बिमानस्थलमा पुगेका हुन् ।


बिमानस्थलमा दुवै शवहरु आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल प्रहरी प्रमुख बिमानस्थल पुगेका थिए ।
मृतकहरुका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पु¥याउन लगिएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरुले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ ।
सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते ईजरायल पुगेका थिए । उनीहरुको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो ।







प्रतिक्रिया