असोज २० गते । जोरायल गाउँपालिका वडा नं. २ बुडरकी २३ बर्षिया सर्मिला मगर (नाम परिवर्तन) लाई बुवा डिल बहादुरले बुधबार दशैंको टिका लगाइदिए । २ छोरी र एक छोरालाई संगै टिका लगाएर सुस्वास्थ्य र दिर्घायूको कामना सहित खानेकुराहरु दिए । मानसिक र शारीरिक रुपमा पूर्ण असक्त छोरी सर्मिलालाई केही समयका लागि घरमा एक्लै छोडेर अरुलाई माइली आमाकहाँ टिका थाप्न लगे । छोरी सर्मिलाको सुरक्षाका लागि घरको मुलढोकामा कुन्टी लगाएर स–परिवार माइली आमाकहाँ पुगे ।
तर फर्किदा सम्म घरमा सन्नाटा थियो । बाजे उमेरका छिमेकीबाट सर्मिला बञ्चित रहन सकिनन् । घरबाट नजिकैको जंगलमा लगि बलत्कारको प्रयास गरे । ‘बाख्रा चराउदै गरेकी फूपूकी छोरीले सर्मिलालाई जबरजस्ती करणी गरिरहेको देखेपछि हारगुहार गरिछन्’, पीडीतका बुवाले दुखेसो गरे, ‘बाजेको उमेर सरहका छिमेकीबाट पूर्ण सशक्तछोरी असुरक्षित होलिन् भन्ने कल्पना समेत गरेको थिएन ।’
पू्र्ण असक्त युवतीलाई सोही वडाका ७७ बर्षिय श्रीधर भण्डारीलाई बलत्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देवराज जोशीका अनुसार आरोपीत भण्डारीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिलगढी ल्याइएको बताए ।
बुधबार दशैंको दिन घरमा कोही नभएको मौका छोपी घरनजिकैको जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरिरहेका बेला स्थानीयले पक्राउ गरेर प्रहरी कहाँ बुझाएको पीडीतका बुवाले दुखेसो गरेका छन् । दिउँसो साढे तीन बजेतिर घटेको उक्त घटनाबारे बिहीबार जिल्ला प्रहरी कार्यालय सिलगढीमा किटानी जाहेरी दिइएको छ ।
दशैंको दिन अपांग युवतीमाथि बलत्कारको प्रयास
७७ बर्षिय बृद्ध बलात्कारको आरोपमा पक्राउ

प्रतिक्रिया