दिपायल,डोटी चेम्वर अफ कर्मसको आयोजनामा यहि फागुन ४ गते वाट १४ गते सम्म डोटीको दिपायलमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
कोभिड–१९ को जोखिमका कारण दुई वर्षदेखि हुन नसकेको प्रादेशिक महोत्सव डोटी चेम्बर अफ कर्मको आयोजनामा फागुन ४ गतेदेखि १४ गतेसम्म दिपायल को मठमा लाग्ने भएको हो ।
‘सेतीको हीरा, खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सोमवार दिपायलमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।दिपायलको मठ क्षेत्रमा हुन लागेको महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय,स्थानीय तथा नव प्रतिभा कलाकारहरूको बेजोड प्रस्तुति रहने डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र साउँदले बताए ।
महोत्सवको उद्घाटन उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गर्नु हुने डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द साउँदले बताए ।स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै मेलामा उद्योग, व्यापार, कृषि, पढाई मेला, स्थानीय परीकार र पर्यटनलाई जोड दिएको उनले बताए ।
महोत्सव अवधिभर सेती नदिमा र्यापटिङ्ग ,प्यारागल्डाईन समेत सञ्चालन रहने अध्यक्ष साउँदले जानकारी दिए ।४० लाख अनुमानित खर्च गरी स्थानीय र विभिन्न किसिमका ५० वटा स्टल राखिने अध्यक्ष साउँदले बताए ।
महोत्सवमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आगलागी, हावाहुरी, भिडभाड, खेलकुद हुँदा दुर्घटना हुने सम्भावित जोखिमलाई मध्यनजर गरेर यस पटक बिमा गरिएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउँदले बताए ।प्रवेश शुल्क रु १००, जसमा विद्यार्थीहरूका लागि रु ७० र सिजनल पासका लागि रु ७०० सय तोकिएको छ ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवमा कृर्षि प्रदर्शनी, रमाइलो मेला, स्थानीय झाँकी लगायतका प्रस्तुति रहने चेम्बरका महासचिव केसर कठयताले बताए ।महोत्सव स्थललाई वाई फाई फ्री जोन बनाउन लागिएको सचिव तेज डुम्रेलले बताए ।महोत्सवले स्थानीय कला संस्कृति र व्यापार व्यवसायको परिवर्द्धन गर्ने आयोजकले जनाएको छ ।डोटी चेम्बरले महोत्सवको तयारी तीव्र पारेको छ ।







प्रतिक्रिया